ज्वरो आउने, खोकी लाग्ने संकेत देखिएपछि आईसोलेशनमा भर्ना गरिएकी एक महिलाको निधन

0

कोरोना भाईरस अर्थात् कोभिड १९ संक्रमणको आशंंकामा जिल्ला अस्पताल अछामको आईसोलेशनमा भर्ना गरिएकी एक महिलाको निधन भएको छ ।बैशाख १५ गते बिरामी भएर आईसोलेशन वार्डमा भर्ना गरिएका मंगलसेन नगरपालिकाकी ५१ बर्षीय महिलाको बिहिबार बिहान निधन भएको हो । उनलाई केही समय पहिले कोरोना भाइरस संक्रमणको आशंकामा अस्पतालको आइसोलेसन वार्डमा राखिएको थियो ।

बिहीबार बिहान उनको निधन भएको अस्पतालले जनाएको छ । कोरोना भाईरसको सामान्य लक्षण ज्वरो आउने, खोकी लाग्ने संकेत देखिएपछि उनलाई आईसोलेसिनमा राखेर उपचार सुरु गरिएको थियो । बिरामीका आफन्तसँग उहाँको बारेमा बुझ्दा उहाँ गाउँघरका केही आफन्त र जिल्ला बाहिर बाट आएकाहरुसँग सम्पर्कमा रहेका कारण कोरोना संक्रमणको आशंका गरिएकाले स्वाब संकलन गरी सुर्खेत पठाईएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

त्यस्तै मङ्गलबार र बुधबार गरी चार जनाको रहस्यमय निधन भएको महोत्तरीको भंगहा नगरपालिकामा आज थप दुई जनाको निधन भएको छ । मङ्गलबार र बुधबार एकपछि अर्को गरी चार जनाको रहस्यमय निधन भइसकेको वडा नं ७ मेघनाथ गोरहन्नामा आज पुनः स्थानीय ४२ वर्षीय सिकेन्द्र सिंह र ५५ वर्षीय सिताई महाराको निधन भएको नगर प्रमुख संजिवकुमार साहले बताउनुभयो । मङ्गलबार र बुधबार स्थानीय ४० वर्षीय मोहन चौधरी, ५२ वर्षीय नथुनी चमार, ५४ वर्षीय लालबाबु सिंह र ५२ वर्षीय गङ्गारामको निधन भएकामा आज थप दुई जना गरी मृतकको सङ्ख्या छ पुगेको प्रमुख साहले पुष्टि गर्नुभयो ।

यसैबीच आजै थप दुई जना अति सिकिस्तलाई जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले सो गाउँबाट उपचारका लागि जिल्ला अस्पताल जलेश्वरमा लगी उनीहरुको उपचार भइरहेको बताउनुभयो । रहस्यमय तरिकाले छ जनाको निधन भइसकेको त्यस गाउँमा उनीहरुको निधन वि’षा’क्त र’क्सी से’व’नबाट भएको हुनसक्ने वडाध्यक्ष वासुदेव सिंह थारुलगायत स्थानीय बासिन्दाले अडकलबाजी गरिरहेका छन् ।

यस सन्दर्भमा महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले उनीहरुको निधन दुई/तीन दिनको अन्तरालमा भएको हामीले खबर पाएको तर श’व परीक्षण नगरी उनीहरुको निधन से’वनबाटै भएको निष्कर्षमा पुग्न नसकिने बताउनुभयो । प्रहरी उपरीक्षक अधिकारीले घटनाको जानकारी प्राप्त भएलगत्तै सो गाउँमा व्यापक प्रहरी परिचालन गरेर बुझ्न लगाउँदा मृ’तकमध्ये तीनजनालाई आफन्तले दाहसंस्कार गरिसके पनि मृ-तक लालबाबु सिंहको श-व बुधबार प्रहरीले जलाउनुअघि नै नियन्त्रणमा लिइसकेको तथा परीक्षणका लागि अस्पतालमा पठाएको बताउनुभयो । निधन भएपछि अहिले गाउँमा त्रास उत्पन्न भएको हो ।

प्रहरीले तीन दिनमा सो गाउँबाट ठूलो सङ्ख्यामा र’क्सी र र”क्सी बनाउनका लागि भण्डारण गरी राखिएको क’च्चा प’दार्थ नियन्त्रणमा लिए पनि उनीहरुको निधन र’क्सी से’वनबाट भएको कुरा स्वीकार गरिरहेको छैन । सि’किस्त दुई जनाको स्वास्थ्य जाँच तथा मृतकको श’व परीक्षणपछि मात्रै सही कारण बाहिर आउने प्रहरी नायब उपरीक्षक बुढाथोकीले बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.