शिक्षा मन्त्रालयले विज्ञप्ती जारी गर्दै भन्यो ‘३ हप्ता विद्यार्थीलाई स्कुल नबोलाउनू, भर्ना पनि नगर्नू’

0

सरकारले ३ हप्ता विद्यार्थीलाई स्कुलमा नबोलाउन अपिल गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोरोना भाइरसका कारण ३ हप्ता विद्यार्थीलाई विद्यालयमा नबोलाउन अपिल गरेका हुन् ।

‘अब ३ हप्ता विद्यार्थीलाई विद्यालयमा भर्ना र प्रवेश परीक्षा भनेर नबोलाउन विद्यालयहरूलाई भनेका हौँ’, मन्त्रालयका प्रवक्ता दीपक शर्माले भने, ‘परीक्षा सकिएपछि उत्तरपुस्तिका परीक्षण र नतिजा प्रकासन गर्ने समयसम्म विद्यालय बन्द नै हुने भएकाले ३ हप्ता विद्यार्थीलाई विद्यालयमा नबोलाउन भनिएको हो ।’

संक्रमणको त्रास रहेको यो अवस्थामा परीक्षा सकेका विद्यार्थीहरुलाई घर बाहिर नजान एवम् यो अवधिमा मुलुकको विशेष परिस्थितिलाई ध्यानमा राखि बिद्यालयमा साँस्कृतिक कार्यक्रम, वार्षिक अभिभावक दिवस, नतिजा सार्वजनिकरण, प्रवेश परीक्षा वा भर्नाका नाममा भिडभाड वा आम भेला नगर्न सबैमा अनुरोध गरिएको छ ।

२०७६ सालको माध्यमिक शिक्षा (एसइइ) परीक्षा यही चैत ६ गतेदेखि १७ गतेसम्म हुने भएकाले कसैलाई भ्रममा नपर्न समेत विज्ञप्तीमा जानकारी दिइएको छ ।

Leave A Reply

Your email address will not be published.