ऋषि कपुरको अन्तिम संस्कारमा यसरि गरिदै, अस्पतालबाट शव यसरि निकालेर लगियो (भिडियोसहित)

0

एजेन्सी- बिहीबार बिहान मुम्बईको एचएन रिलायन्स फाउन्डेसन अस्पतालमा निधन भएका उनको अन्तिम संस्कारमा १५ जना मात्र सहभागी हुने भएका छन् । उनको अन्तिम संस्कारमा मात्रै १५ जना उपस्थित हुने भारतिय संचार माध्यमले जनाएको छ । आज भएको असहमाहिक निधले बलिउड शोकको घडिमा पुगेको छ । उनले निधन प्रति बलिउड कलाकार देखि नेता संम्मले दुख ब्यक्त गरेका छन् । स्वास्थमा समस्या आएपछि उनलाई अस्पतालमा भर्ना गरिएकको थियो । श्वास फेर्न गाह्रो भएपछि राति नै अस्पताल भर्ना गरिएको कपुर लामो समय देखि क्यान्सर रोगबाट पिडित थिए । कोरोना संक्रमणका कारण प्रहरीले बलिवुडका अन्य सेलिब्रेटीलाई अन्तिम संस्कारमा सहभागी हुने भने नदिने भएको छ ।

बलिउडका अभिनेता ऋषि कपूरको पूरा नाम ऋषि राज कपूर हो। उनलाई चिन्टु जी भनेर बोलाइन्थ्यो। उनको जन्म १९५२ को सेप्टेम्बर ४ मा मुम्बईमा भएको हो ।उनका पिता राज कपूर त्यतिबेलाका चर्चित अभिनेता थिए, त्यसैले ऋषि पढाई भन्दा अभिनय क्षेत्रमा नै सक्रिय भए। उनको पढाई विद्यालय स्तरमा नै रोकियो, ऋषि कपूरलाई अभिनयमा सानैबाट शोख थियो भन्ने कुरा काका शशी कपूरले बताएका थिए।

उनले सन् १९७० मा बनेको चलचित्र ‘मेरा नाम जोकर’ बाट काम सुरु गरेका हुन्। तर चलचित्रमा उनको उपस्थिति चलचित्र ४२० बाट भएको हो। यो चलचित्रमा राज कपूरका तीन सन्तान देखिएका छन्। पेशागत रुपमा काम सुरु गरेको चलचित्र ‘मेरा नाम जोकर’ ले उनलाई ‘राष्ट्रिय चलचित्र सम्मान’ दिलायो। भनिन्छ, यो चलचित्र राज कपूरको ड्रिम प्रोजेक्ट थियो।

राज कपूरले आफ्नी श्रीमतिसँग चिन्टुलाई यसमा काम गर्न लगाउने कि भनेर सल्लाह गरेका थिए। यो चलचित्र बक्स अफिसमा सफल नभएपछि राज कपूरले किशोर अवस्थाको प्रेम कथामा आधारित स्क्रिप्ट लेख्न लगाए। त्यसपछि बन्यो ‘बबी’।

ऋषिले बाल कलाकारको रुपमा आफ्नो करियर सुरु गरेका थिए। ऋषिले काम गरेको दोस्रो चलचित्र ‘बबी’ सन् १९७३ मा प्रदर्शनमा आयो, डिम्पल कपाडियासँगको जोडीमा ऋषि हिट भए। यो चलचित्रमा ऋषिको आफ्नो आवाज भने थिएन। बबी चलचित्रका लागि उनले फिल्म फेयर अर्वाड पाए ।

कलाकारिता क्षेत्रमा ऋषि कपूरले जसरी योगदान दिएका छन्, उनको योगदानलाई कदर गर्दै सन् २००८ मा फिल्म फेयर लाइफटाजइम अचिभमेन्ट अवार्ड पनि दिइएको थियो। यस्तै सन् २०१६ मा स्क्रिन लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित भएका थिए। उनलाई सन् २००९ मा रसियाको सरकारले चलचित्र क्षेत्रमा योगदान पु¥याएको भन्दै सम्मान पनि गरेको थियो। पछिल्लो समय उनले अभिनय गरेको चलचित्र ‘कपूर एण्ड सन्स’ मा ऋषि कपूरलाई बेस्ट सर्पोटिङ एक्टर लगायत थुप्रै अवार्डले सम्मान गरिएको थियो। यो भन्दा तल २ वटा भिडियो छन् हेर्नुहोला

Leave A Reply

Your email address will not be published.