रोल्पामा ब’म वि’ष्फोट, ४ बालबालिकाको ज्यान गयो

0

१८ बैशाख २०७७, बिहीबार काठमान्डौ , रोल्पामा ब’म वि’ष्फोट हुँदा चार बालबालिकाको मृ’त्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी प्रमुख चित्रबहादुर गुरुङले घ’टनाबारे पुष्टि गरे। जिल्लाको त्रिवेणी गाउँपालिका वडा नं. ७ गैरीगाउँमा बुधबार बेलुका बालबालिकाले नचिनेर पुरानो ब’म खेलाउने क्रममा वि’ष्फोट भएको डिएसपी गुरुङले बताएका छन् ।‘टु’इञ्च मोटर जस्तो ब’म वि’स्फोट भएको छ, अर्को वि’ष्फोट भएको छैन र त्यसमा परेर चार जना बालबालिकाको मृ’त्यु भएको छ,’ डिएसपी गुरुङले भने।

मृ’त्यु हुने बालबालिकामा १४ वर्षीय नोकिराम डाँगी, १४ वर्षीय गौरव नेपाली, ११ वर्षीय विमला खत्री र ५ वर्षीय विजय खत्री छन्। गाउँको नजिकैको जंगलमा ग्वाला गएका उनीहरु वि’ष्फोटमा परेर मृ’त्यु भएको हो। जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक चित्रबहादुर गुरुङका अनुसार चारैजनाको घ’टनास्थलमै मृ’त्यु भएको छ। वि’ष्फोटको ठूलो आवाज आएपछि गाउँले घ’टनास्थल पुगेका थिए। यु’द्धकालमा रहेको ब’म वि’ष्फोट भएको हुनसक्ने प्रहरीले अ’नुमान गरेको छ। श’व घ’टनास्थलमै छन्। घ’टनाबारे विस्तृत विवरण केही बेरमै आउने प्रहरीले बताएको छ ।

Leave A Reply

Your email address will not be published.