रेडियो नेपालकी प्रथम गायिका रानुदेवीको नि’धन

0

काठमाडौं, १९ बैसाख । रेडियो नेपालकी प्रथम गायिका एवं प्रजातन्त्र से’नानी रानुदेवी अधिकारीको नि’धन भएको छ ।काठमाडौं सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा ८४ वर्षको उमेरमा गए राति उनको नि’धन भएको हो । उनका एक छोरा र दुई छोरी छन् । एक छोरा र एक छोरी अमेरिकामा र एक छोरी नेपालमा नै रहेको पारिवारिक स्रोतले जानकारी दिएको छ ।उनको राति नै अ’न्त्यष्टि गरिएको छ । सानैदेखि शास्त्रीय गायनमा समर्पित रानुदेवीले सर्वप्रथम २००६ सालमा ६ वटा गीत रेकर्डिङ गरेकी थिइन् ।

२०६३ सालमा उनका बारेमा ‘५६ वर्षपछि…….’ नामक सांगीतिक वृ’त्तचित्र निर्माण गरिएको थियो । नेपाली राजनीतकी आदर्श ब्यक्तित्व तथा कांग्रेस नेतृ नोना कोइरालाको बहिनी समेत रहेकी रानुदेवीले नि’रंकुशताबिरुद्धको प्रजातान्त्रिक आ’न्दोलनमा कला र सांगीतिक मो’र्चामा रहेर काम गरेकी थिइन् ।

Leave A Reply

Your email address will not be published.