अमेरिकन युवतीको नेपालमा यस्तो डरलाग्दो धन्दा! थाहा पाउदा सबै चकित, ७ दिनमा नेपाल छोड्न आदेश
अमेरिकी नागरिक मिसेल अलेक्जेन्ड्रा वेल्चले पोखराको माटेपानीमा सोलार वितरणका लागि भनेर दान उठाउन प्रयोग हुने अनलाइन इन्डिगोगोमा लेखिन्, नेपालमा दैनिक १६ घण्टा लोडसेडिङ हुन्छ, हामी कक्षाकोठा र गुम्बामा नविकरणीय बिजुली प्रदान गर्न चाहन्छौं।’
उनले माटेपानी गुम्बाका भिक्षु, विद्यार्थी लगायतको फोटोसहित रकम दान गर्न आह्वान गरेपछि १० हजार ३२ अमेरिकी डलर जम्मा भयो। नेपालमा लोडसेडिङ अन्त्य भइसक्दा समेत उनले यस्तो अपिलमार्फत् उठाएको रकमबाट माटेपानीमा न त सोलार नै राखियो, न त्यो रकम नेपाल नै आयो।