नेपालगञ्जका चार स्थान घेरावन्दीमा, थप अर्का एक युवामा पनि संक्रमणको आशंका

0

नेपालगञ्ज, १९ बैशाख । नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रका चार स्थान घेरावन्दी (सील) गरिएको छ ।शुक्रबार नेपालगञ्जका एकजना पुरुषमा संक्रमण पुष्टि भएपछि र अर्का एक युवामा पनि कोरोना संक्रमणको आशंका गरिएपछि नेपालगञ्ज शहरका चार स्थानलाई घेराबन्दी (सील) गरिएको हो ।आज संक्रमणको पुष्टि भएका ६० बर्षीय पुरुष भारतको सीमा क्षेत्र बहराइचबाट करिब एक महिनाअघि नेपाल फर्किएका हुन् । कोरोना पोजिटिभ देखिएका ती व्यक्ति नेपालगञ्ज उपमहानगरपालिका वडा नं.८ डीएसपी रोड महेन्द्र पार्क निवासी हुन् ।

उनी लामो समय नेपालगञ्ज आसपासका मस्जिद र व्यक्तिहरुसंग घुलमिल गरिएको जानकारी आएको छ ।नेपालगञ्जको डीएसपी रोड, वडा नं. ८, धम्बोजी र एकलैनी क्षेत्र घेरावन्दी सील गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खडकाले बताउनुभयो ।संक्रमित व्यक्ति डीएसपी रोडस्थित घरबाट महेन्द्र पार्कस्थित मस्जिदमा दैनिक आउजाउ गर्दै आएका थिए । संक्रमित व्यक्ति थुप्रै व्यक्तिहरुको सम्पर्कमा पुगेको हुनसक्ने भन्दै ४ स्थान सील गरिएको हो ।उनका श्रीमती र छोरा तथा नजिकका छिमेकीहरुको पनि कोरोना जाँच गरिने भएको छ ।

यसैबीच नेपालगञ्ज धम्वोजीका अर्का एक युवामा पनि संक्रमणको आशंका गरिएपछि धम्बोझी क्षेत्र सील गरिएको हो ।आज संक्रमण पुष्टि भएका नेपालगञ्ज र रुपन्देहीका दुवैजनालाई खजुरास्थित क्यान्सर अस्पतालमा रहेको आइसोलेसनमा राखेर उपचार थालिएको छ ।

Leave A Reply

Your email address will not be published.