आज बैठक बस्दै, प्रधानमन्त्रीलाई राजीनामाको मितिने तोक्न तयारी

0

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दैछ । पार्टीभित्र देखिएको वि’वादमा सहमति खोज्नका लागि सचिवालय बैठक बोलाइएको हो । बुधबारको सचिवालय बैठकमा अध्यक्ष पुष्पकमल दाहाल–माधव नेपाल समूहले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै प’दबाट राजीनामा दिन माग राखेका थिए ।प्रधानमन्त्री केपी ओलीले त्यसको ब’दलामा कोरोनापछि उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री र नेता नेपाललाई पार्टीको तेस्रो अध्यक्ष बनाउने प्रस्ताव गरेका थिए ।सचिवालयमा दुई फरक–फरक प्रस्तावसँगै बुधबारको बैठक आज बस्ने गरि स्थगित भएको थियो ।

दाहाल-नेपाल समूहले आजको बैठकमा ओलीमाथि दवाब बनाउन राजीनामाको मिति ‘माइन्युट’ गर्न दवाव बनाउने तयारी गरेका छन् । ओलीले राजीनामा दिन्छु भनिसकेको हुँदा राजीनामाको मिति र त्यसपछि गौतमलाई प्रधानमन्त्री बनाउने प्रक्रियाबारे लिखित निर्णय गर्न प्रधानमन्त्रीलाई दवाब दिने तयारी सो समूहको छ ।सचिवालय बैठक अगाडि प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओलीले पार्टीका शीर्ष नेतासँग छलफल गरेका छन् । त्यसैगरी दाहाल नेपालले पनि विभिन्न नेतासँग परामर्श गरेका छन् । नेकपाभित्र दुवै समूहले संसदीय दलका बहुमत पुर्‍याउन हस्ताक्षर अभियान समेत चलाएका छन् ।

Leave A Reply

Your email address will not be published.