आँचलको जन्मदिनमा देखियो यस्तो माहोल, ससुरालाई जाग्यो नाती खे;लाउने रहर (हेर्नुहोस भिडियोसहित)

0

काठमाडौं । नायिका आँचल शर्माले हालै मात्रै डा. उदीप श्रेष्ठसँग विवाह गरेकी छन् । गत फागुन २९ गते उनीहरुले सामाजिक परम्पराअनुसार विवाह गरेका हुन् । विवाहमा आँचलले लगाएको लेहेँगा र गहनाले चर्चा पाइरहेको छ ।नायिका आँचलले बुधबार आफ्नो जन्मदिन मनाइरहेकी छन् । विवाहपछिको आँचलको पहिलो जन्मदिन भएकाले विशेष मानिएको छ । विवाह र पार्टी तथा पहिरनको सर्वाधिक चर्चामा रहेका बेला उदीपले आँचललाई दुई लाख रुपैयाँ बराबरको ब्याग उपहार दिएका छन् । विवाहपछि चैत १ गते रिसेप्सन पार्टीमा हेलिकप्टर चढेर गएकी आँचलले १६ लाख रुपैयाँ बराबरको लेहेंगा र ६० लाखको हिराको गहना लगाएको विषयले अहिले सामाजिक बहस चलिरहेको छ ।

त्यस्तै विवाह पश्चातको पहिलो जन्मदिनमा आँचलले ‘संयुक्त अपाङ्ग एकता आवाज केन्द्र’का बालबालिकालाई खाना खुवाएर जन्मदिन मनाएकी छिन् । आँचल शर्माको जन्मदिन मनाउन आँचल र श्रीमान् उदिप श्रेष्ठ आमाबुवा सहित ‘संयुक्त अ,पाङ्ग एकता आवाज केन्द्र’ पुगेर जन्मदिन मनाएका हुन् । पहिलोचोटी आँचल आफ्नो परिवार सहित मिडियामा समेत आएकी हुन् र अन्तरक्रिया गरेकी छिन् । आँचलको आमा बुवा सहित सासु ससुराले शुभकामना दिंदै नाति नातिना खेलाउने रहर समेत व्यक्त गरेका छन् ।

उदिपको बुवाले आँचललाई बुहारी भन्दा छोरी पाएको अनुभव मिडियामा राख्दै भने, “अब नाति नातिना खे,लाउने रहर छ त्यो चाँही चाडै पुरा होस् भन्ने छ ।” आँचलसंग छोराछोरीको आशा गरेको सुन्दै गर्दा आँचल ला,जले भु,त्तुकै भएकी थिईन । आँचलले प्राय सधै आफ्नो जन्मदिनमा समाजसेवा गरेर मनाउने गरेकी छिन् ।

Leave A Reply

Your email address will not be published.