चिनीया राष्ट्रपति सीको नेकपालाई सन्देश, अहिले कुर्सीका लागि हैन कोरोनासँग ल’ड्नुस

0

काठमाडौं। आन्तरिक वि,वाद र गुटगत राजनीतिको शि,कार बनेको सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक चलिरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओली, कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबिच पार्टी र सरकारको नेतृत्वलाई लिएर तिव्र ध्रुवीकरणको अवस्था छ ।

केपी शर्मा ओलीलाई प्रधानमन्त्री पदबाट हटाउने कि यथावत राख्ने भन्नेमा पार्टीका दुई खेमा सांसद ता,नातानको स्थितिमा पुगेका हुन् । प्रचण्ड माधव नेपालसहितको एक पक्षले प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी ओलीलाई दुवै पदबाट हटाउनुपर्ने र प्रधानमन्त्री ओली स,मूहले अहिलेको आवश्यकता केपी ओली नै भएकोले कुनै हालतमा ह,टाउन नमिल्ने भन्दै हस्ताक्षर अभियान चलाइरहेका छन् ।

प्रचण्ड माधव नेपाल खेमाले प्रधानमन्त्रीकाविरु,द्ध हस्ताक्षर अभियान चलाएको थाहा पाएपछि आफूहरु पनि प्रधानमन्त्रीलाई ह,टाउन नहुने भन्दै एकताव,द्ध भएको प्रधानमन्त्री निकट सांसदहरुले बताएका छन् । पछिल्लो समय नेपालको राजनीतिमा चा,सो राख्दै आएको छिमेकी देश चीनले नेपालको राजनीतिक खि,चातानी बढ्न थालेपछि कुटनैतिक च्यानल मार्फत नेताहरूलाई सन्देश दिएको बुझिएको छ ।

काठमाडौस्थित चिनियाँ दूतावासको रिपोर्ट बेइजिङ पुगेपछि सी आफैंले चासो दिदैं सत्तारूढ नेकपाका नेताहरू सहित प्रधानमन्त्री ओलीलाई राष्ट्रपति सीले अहिले कुर्सीका लागि ल,ड्न तिर नलागेर कोरोनासँग ल,ड्न एकजुट हुन सन्देश पठाएको स्रोतको दावी छ । यस्तै बुधबार अपरान्ह नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालसँगको भिडियो वार्तामा समेत अन्तराष्ट्रिय विभाग प्रमुख सङ ताओले पनि नेपाललाई राष्ट्रपति सी को सन्देश सुनाउँदै आन्तरिक वि,वाद कम गर्न आग्रह गरेको बुझिएको छ ।

अहिलेको अवस्थामा नेकपा विभाजन हुने अमेरिकी र भारतीय समर्थनमा सरकार बन्ने ख,तरा देखिएपछि सीले नेपालको राजनीतिलाई नियालिरहेको बताइन्छ ।

Leave A Reply

Your email address will not be published.