०७७ वैशाख २१ गते आइतबार ई. स. २०२० मे ०३ तारिख, हेर्नुहोस राशिअनुसार तपाईंको भाग्य

0

वि:सं: २०७७ वैशाख -२१,आइतवार,ई:सं: २०२० मे -३ ,शक संवत्-१९४२,नेपाल संवत्-११४० बछलाथ्व, प्रमादी संवत्सर ,उत्तरायण, ऋतु-वसन्त,वैशाख शुक्लपक्ष तिथि-एकादशी , २६:३८ बजे उप्रान्त द्वादशी,नक्षत्र-पूर्वफाल्गुनी , १८:१८ बजे उप्रान्त उत्तरफाल्गुनी,योग-ध्रुव , ०८:५५ बजे उप्रान्त व्याघात,करण-वणिज १५:४८ बजेदेखि भद्रा , २६:३८ बजे उप्रान्त कौलव,चन्द्रराशि-सिंह,आनन्दादि योग-छत्र , सूर्योदय-०५:२५ , सूर्यास्त-१८:३८,दिनमान ३३ घडी ०३ पला ।व्रत/पर्व – स्मार्तहरूको मोहिनी एकादशी व्रत। अन्तर्राष्ट्रिय प्रेस स्वतन्त्रता दिवस। त्रिपुष्कर तथा सर्वार्थसिद्धि योग २६:३८ बजेपछि।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) –

प्रेम प्रशङगमा रमाउँन चाहनेहरुका लागि लामो समय सँगै बसेर भावना तथा मनका कुरा साटासाट गर्ने अवसर प्राप्त हुनेछ । भौतिक सम्पति तथा सवारि साधन प्राप्तिको योग रहेको छ । पढाई लेखाईमा राम्रो प्रगति हुनेछ । औषधीजन्य तथा खाद्यान्नसँग सम्वन्धीत सामानको खरिद बिक्रीमा वृद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आउँने तथा घाटा लाग्नेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) –

आम्दानिका स्रोतहरु एक्कासि बन्द हुँदा महत्वपुर्ण कामहरु थाति रहन सक्छन् ध्यान दिनुहोला । समाजसेवामा समय दिएपनि जनतासँग भिज्न नसक्दा प्राप्त हुँने मान सम्मान टरेर जानेछ । आमा वा आमा सरहका मानिसको आशिर्वाद प्राप्त गरि कुनै काम शुरु गर्दा कामहरु बन्नेछन् । अध्ययन अध्यापनको समय दिए अनुशार उपलब्धि नहुँने हुँनाले मन खिन्न हुनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) –

आफ्नो रुचिको बिषयमा दिईयको समयबाट सार्थक नतिजा आउँने हुँनाले मन प्रशन्न रहनेछ । दाजुभाई,छिमेकि तथा सहयोगिहरु सँग मिलेर गरिने कुनै पनि काम सकारात्मक मोडमा जानेछ । माया प्रेममा एक अर्कालाई सहयोग गर्दै अगाडि बढ्न सकिनेछ भने पति पत्निबिच बिश्वासको डोरो अझ कसिलो भएर जानेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) –

आफन्त तथा आत्मिय मित्रहरु सँग पुराना तथा चिसिएका सम्बन्धहरु राम्रो हुदा मन प्रशन्न हुनेछ । पढाई लेखाईमा भनेजस्तो नतिजा आउने हुनाले मन प्रशन्न रहनेछ । शुभचिन्तक तथा आफन्तको सहयोग पाईने हुँदा दैनिक कामहरु गर्न सहज हुँनेछ । व्यापार व्यावसायमा मन्दि आउने तथा घाटा लाग्नेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) –

घरपरिवार तथा आफन्तका आवस्यक्ताहरु पुरा गर्न सकिनेछ । राजनिति तथा समाजसेवामा जनताको साथ पाईने हुनाले पद प्राप्तीको गतिलो योग रहेकोछ । अध्ययन अध्यापनमा चाहेजस्तो सफलता हात हागी हुने योग रहेकोछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने जीवन साथिबाट भनेजस्तो सहयोग पाईनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) –

कामहरु समयमा सम्पन्न नहुने तथा गल्ति गर्नाले दण्ड तथा जरिवाना तिर्नु पर्ने हुन सक्छ ध्यान दिनुहोला । पढाई लेखाईमा समय दिन नसक्दा अरुभन्दा पछि परिनेछ । स्वास्थ्यमा समस्या आउने तथा भौतिक साधन स्रोतको प्रयोग गर्दा ख्याल गर्नुहोला औषधि उपचार खर्च बढेर जानेछ । वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) –

समय दिए अनुहार प्रतिफल ढिला प्राप्त हुनेछ । प्राकृतिक स्रोत तथा सरकारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला अनाउबस्यक झन्झटमा फस्ने ग्रहयोग रहेकोछ । अध्ययनमा बाधा पुग्नेछ भने अरुका लागी समय खर्चिनु पर्नेछ । साना तिना स्वास्थ्य सम्बन्धि समस्याले सताउने हुदा दैनिक कामहरु प्रभावित हुन सक्छन् ध्यान दिनुहोला । प्रणय सम्बन्धमा मनमुटाब सिर्जना हुनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) –

पढाई लेखाईमा प्रतिश्पर्धिहरुलाई किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । पति पत्नि बिचको सम्बन्ध सुदृड हुँनुको साथै माया प्रेमको गाठो गसिलो भएर जानेछ । गित संगितमा बिषेश रुचि बढ्नेछ भने पारिवारिक जमघटमा सहभागि भई मिठो मसिनो भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । तरपनि वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) –

साहित्य तथा रचनात्मक क्षेत्रमा समय लगानि गरि नाम कमाउन सकिनेछ । माता पिताको आशिर्वादले समाजमा राम्रा काम गर्न सकिनेछ । प्रेममा सामिप्यता बढ्नेछ भने जीवन साथिको भरपुर सहयोग पाईने योग रहेकोछ । पढाई लेखाईमा मन जानेछ भने नया प्रकृतिको खोज तथा अनुशन्धानबाट भनेजस्तो सफलता हात लाग्नेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) –

तपाईले सुरु गर्नु भएको काममा आफ्ना भन्नेहरुले नै बाधा तथा अवरोध गर्न सक्छन् ध्यान दिनुहोला । समय र परिस्थितिको अध्ययन नगरि अरुको कुरामा दोडनाले दुख पाईनेछ । भौतिक सम्पति तथा सवारि साधनको प्रयोग गर्दा ख्याल गर्नुहोला अप्रिय घटना नहोला भन्न सकिन्न । माया प्रेममा एक अर्कालाई अबिश्वास गर्नाले नचाहादा नचाहादै टाडिनु पर्नेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) –

पढाई लेखाई अरु दिन भन्दा सुधार भएर जानेछ भने कुनैपनि प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई सजिलै हराउन सकिनेछ । परिवारका साथ सहभागि भई बिभिन्न परिकारको स्वाद लिदै दिन कटाउँन सकिनेछ । माया प्रेममा नजिक हुने तथा बिश्वास गर्दै अगाडि बढ्न सकिनेछ । घर परिवार तथा जीवनसाथिको सहयोगले राम्रा तथा उपलब्धिमुलक कामहरु हुनेछन् ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) –

पढाई लेखाईमा मन जानेछ भने प्रतिष्पर्धिहरु तपाईको क्षमता देखेर आफै पछाडि हट्नेछन् । न्यायिक निर्णयहरुबाट फैसला तपाई आफ्नै पक्षमा हुनेछन् भने सत्रुहरुलाई परास्त गर्दै अगाडि बढ्न सकिनेछ । आफन्त घर परिवार तथा मामा मावली पक्षबाट भनेजस्तो सहयोग तथा समर्थन पाईनेछ । मन परेको मानिस सँग रमाईलो यात्रामा निस्कन सकिनेछ ।

Leave A Reply

Your email address will not be published.