भद्रगोलका विलासेलाई कोरोना भाइरस संक्रमण

0

काठमाडौं, २१ बैशाख । कोरोना भाइरस अर्थात कोभिड १९ ले कुनैपनि धनी, गरीब, डाक्टर न त कलाकार कसैलाई यसको संक्रमणले अछुतो राखेन । विश्वभर महामारीको रुपमा फैलिएको कोभिड १९ले चीनमा कोराेना भाइरस भनेर पत्ता लगाउने डाक्टरकै ज्यान लियो ।

कतिपय मुलुकका राष्ट्र प्रमुख तथा सरकार प्रमुखलाई पनि कोभिड १९ संक्रमण भएको पाईको छ । यस्तै नेपालका कुनै समयएका चर्चित हाँस्यटेलिश्रृङ्खला भद्रगोलका एक कलाकारमा पनि कोभिड १९ को संक्रमण देखिएको छ ।

विलासेको भूमिकामा काम गरेर चर्चित बनेका कलाकार सुवास कार्कीलाई कोरोनाभाइरस संक्रमण देखिएको छ । हाल बेलायतमा रहेका उनलाई कोरोना भाइरसको संक्रमण पुष्टी भएको हो । उनी २ वर्षअघि देखि बेलायतको लण्डनमा बस्दै आएका हुन् ।

उनमा कोरोनाभाइरस संक्रमण पुष्टिपछि आइसोलेशनमा राखिएको पारिवारिक स्रोतले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.