‘सालको पात’बाट चर्चा कमाएकी नायिका मरिस्का पोखरेलले प्रेमीसँग गरिन् विबाह !
काठमाडौ, बैशाख २० – चर्चित मोडल मरिश्का पोखरेलले इन्गेजमेन्ट गरेकी छिन् । सालको पातबाट निकै चर्चामा आएकी उनले प्रेमीसंग औँठी साटेकी हुन्। चलचित्र ‘के म तिम्रो होइन र’ बाट डेब्यु गरेकी मरिश्काले अष्ट्रेलियामा बस्दै आएका प्रेमीसँग औँठी साटेकी हुन्। लोक गीत सालको पातबाट लोकप्रिय बनेकी मोडल पोखरेलले चलचित्रका अवला म्युजिक भिडियोमा पनि अभिनय गरिसकेकी छिन् ।
लामो समय सम्म प्रेममा रहेकी उनको गत साता अस्ट्रेलियामा नै औँठी साटासाट भएको थियो । उनले कोरोनाभाइरसको रोकथामको लागि गरिएको लकडाउनलाई मध्यनजर गर्दै प्रेमीसँग औँठी साटासाट गरेकी हुन् ।
डेव्यु अभिनय रहेको ‘के म तिम्रो हैन र’ मा दर्शक र समिक्षकको साथ पाएपनि त्यसपछि मरिस्काको अभिनय यात्रा त्यती सन्तोषप्रद देखिँदैन।२०७४ देखि भने मरिस्का अभिनित फिल्महरु एकपछि अर्को गर्दै प्रदर्शनमा आइरहेका छन्।
लम्फूु, पण्डित बाजेको लौरीु, मिस्टर भर्जिन, साली कस्को भेनाको लगायत फिल्ममा उनले अभिनय गरिसकेकी छिन् ।