कोरोना फैलिन नदिन श्रीलङ्कामा कफ्र्यूको घोषणा

0

काठमाडौ, चैत ५- श्रीलङ्काको प्रहरीले बुधबार केही ठाउँमा क*फ्र्यू घोषणा गरेको छ । देशको पुत्तालम जिल्ला नेगोन्बो बन्दरगाहमा कफ्र्यूको आदेश दिइएको अिधकारीले जनाएका छन् ।

प्रहरीले जारी गरेको सूचनाअनुसार बुधबार दिउसो ४ः३० बजेदेखि नै लागु हुनेगरी क*फ्र्यू आदेश जारी भएको हो । कोरोनाको सङ्क्र*मण थप फैलिन नदिनका लागि कफ्र्यू आदेश जारी गर्नुुपरेको अधिकारीहरुले जनाएका छन् । ञकफ्र्यू लगाएको क्षेत्रमा इटलीबाट फर्केका व्यक्ति धेरै रहेका प्रहरीको भनाइ रहेको छ ।

अन्य समाचार : बार्सिलोना तथा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी बने सर्वाधिक कमाइ गर्ने खेलाडी काठमाण्डौ – बार्सिलोना तथा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी सर्वाधिक कमाइ गर्ने खेलाडी बन्न सफल भएका छन् । २०१९ मा सर्वाधिक कमाइ गर्ने विश्वका ५० खेलाडीमध्ये मेस्सी पहिलो स्थानमा पर्न सफल भएका हुन् ।

उनले गएको वर्ष झण्डै १२७ मिलियन युरो कमाइ गरेका थिए । यस्तै, पोर्चुगल तथा युभेन्टसका खेलाडी क्रिस्टियानो रोनाल्डो दोस्रो स्थानमा पर्न सफल भएका छन् ।

उनले ०१९ मा झण्डै १०९ मिलियन युरो कमाइ गर्न सफल भएका छन् । त्यस्तै पीएसजीका स्टार नेयमारले तेस्रो बन्न सफल भएका छन् । उनले १०५ मिलियन युरो कमाएर तेस्रो स्थानमा पर्न सफल भएका छन् ।

Leave A Reply

Your email address will not be published.