कोरोनालाई जितेर घर फर्किएका नेपालकै एक जनामा फेरी कोरोनाको संक्रमण देखियो, आज एकैदिन १० जना बढे

0

काठमाडौँ । नेपालगञ्‍जका ९ जना र वीरगन्जका १ गरी १० जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६९ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार आज नेपालगन्जमा कोरोना संक्रमण देखिएका ९ जना ७ देखि ५८ वर्ष उमेर समूहका रहेका छन् ।

कोरोना संक्रमित हुने अर्का वीरगञ्ज -२ छपकैयाका एक ३६ वर्षीय पुरुष रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार नेपालमा हालसम्म कोरोना संक्रमण देखिएको मध्ये १६ जना निको भएर घर फर्किएका छन् । निको भइसकेका एक पुरुषमा आज पुनस् संक्रमण देखिएपछि स्वास्थ्यलाभ गर्नेको संख्या घटेर १५ पुगेको हो ।

Leave A Reply

Your email address will not be published.