कुवेतमा कोरोना संक्रमित नेपालीको संख्या ८४ पुग्यो

0

काठमाडौ, बैशाख २१ – कोरोनाकाबाट विश्वभर २ लाख ४४ हजार जनाको मृत्यु भएको छ । भने संक्रमितको संख्या ३४ लाख ८१ हजार नाघेको छ । विश्वभर २४ घण्टाको अवधिमा ५ हजार २१५ जनाको ज्यान गुमाएका छन् । भने त्यस्तै कुवेतमा कोरोना संक्रमणको संख्या ८४ पुगेको छ ।

विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणका कारण शनिबार साँझसम्म मृत्यु हुने गैरआवासीय नेपालीको सङ्ख्या ७३ पुगेको हो । कुवेतमा आइतबार थप ६ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको हो ।

६ जनामा कोरोना संक्रमणको पुष्टि भएसंगै संक्रमित नेपालीको संख्या ८४ पुगेको बताइएको छ । आइतबार मात्रै ६ नेपालीसहित ३ सय ६४ जना नयाँ संक्रामित फेला परेका हुन् । कुवेतको स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ७ सय ७६ जना उपचारपछि पूर्णरुपमा निको भएका छन् ।

Leave A Reply

Your email address will not be published.