भारतमा कोरोनाको कहर: सङ्क्रमितको सङ्ख्या ४० हजार नाघ्यो

0

काठमाडौं। भारतमा कोरोना भाइरस (काेभिड–१९) बाट सङ्क्रमित हुनेकाे सङ्ख्या ४० हजार नाघेको छ । भारतको स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयका अनुसार अहिलेसम्म ४० हजार दुई सय ६३ जनामा कोरोना पुष्टि भएको हो ।

जसमध्ये १३ सय ६ जनाको ज्या’न गएको छ भने १० हजार आठ सय ८७ जना निको भएका छन् । गएको २४ घण्टामा मात्रै ८३ जनाको ज्या’न गएको र दुई हजार चार सय ८७ जना नयाँ बिरामी थपिएकाे मन्त्रालयले जनाएको हो ।

भारतमा पछिल्लाे समय सङ्क्रमित हुने र ज्यान गुमाउनेकाे सङ्ख्या लगातार बढिरहेकाे छ । भारतमा महाराष्ट्र सबैभन्दा धेरै प्रभावित भएकाे छ। महाराष्ट्रमा मात्रै १० हजारभन्दा धेरैमा सङ्क्र’मण भएकाे छ ।

नेपालमा पनि काेराेना सङ्क्रमितकाे सङ्ख्या ७५ पुगेकाे छ । आज थप १६ जना नयाँ सङ्क्रमित थपिएका हुन् ।

Leave A Reply

Your email address will not be published.