रूस बन्यो कोरोना भाइरसको नयाँ हटस्पट, एकैदिन १० हजार बढी संक्रमित

0

काठमाडौं, २२ वैशाख । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरस {काेभिड-१९} ले रुस पनि भयावह बन्दै गएकाे पाइन्छ । पछिल्लो समय रूसमा सबैभन्दा तिव्र गतिमा कोरोनाभाइरसको संक्रमण फैलिरहेको छ ।

आइतबारमात्र त्यहाँ १० हजार जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । याेसँगै रूसमा काेराेना संक्रमितकाे संख्या १ लाख ३४ हजार ६८७ पुगेकाे विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोले जनाएकाे छ ।

अहिलेसम्म त्यहाँ कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १ हजार २ सय ८० पुगेको छ । त्यस्तै सङ्क्रमितमध्ये १६ हजार ६ सय ३९ जना निको भएर घर फर्किएका छन् । अहिले रूसमा १ लाख १६ हजार बढीमा काेराेना सक्रिय रहेकाे छ ।

रूसमा सबैभन्दा बढी प्रभावित मस्कोमा भएकाे छ । मार्च ३० देखि राजधानी मस्कोका १ करोड २० लाख मानिसलाई अत्यावश्यक नभई बाहिर निस्कन प्रतिबन्ध लगाइएको छ ।

रूसमा पहिलो दुई व्यक्तिमा सङ्क्रमण जनवरी ३१ मा भेटिएको भएपनि मार्चको अन्त्यपछि मात्रै सङ्क्रमित सङ्ख्यामा वृद्धि भएको थियो ।

रूसका प्रधानमन्त्री मिखाइल मिसुस्तिन पनि कोरोनाभाइरसको संक्रमण देखिएको छ । कोरोनाको संक्रमण बढेको बढ्यै भएपछि रूसी राष्ट्रपति भ्लादमिर पुटिनले देशभरि मे ११ सम्मका लागि काम गर्न नपाइने समय बढाएका छन् ।

Leave A Reply

Your email address will not be published.