करिश्माले पोष्ट गरिन् राजेशसँग खिचेको वर्षौ पुरानो तस्विर, फ्यानले राखे यस्ता रमाइला जिज्ञासा

0

काठमाडौँ । सदावहार नायिका करिश्मा मानन्धर र महानायक राजेश हमालले करिब २ दशकबढी एकसाथ कैयौँ चलचित्रमा काम गरे । चलचित्रमा काम गर्ने समयदेखि नै निर्माता बिनोद मानन्धरसँग विबाह गरिसकेही करिश्माका फ्यानले राजेशसँगै विबाह गरेको भए हुन्थ्यो भन्ने कैयौँ थिए ।

तर विबाहित करिश्मा र अविबाहिर राजेशले लामो समय एकसाथ काम भने गरे । राजेश हमालले लामो समयपछि विबाह गरे । तर पनि राजेश र करिश्माले अहिले पनि साना ठूला प्रोजेक्टहरुमा एकसाथ काम गरिरहेको देखिन्छ । त्यो देख्दा उनीहरुका दर्शकले अहिले पनि त्यस्तै खालका कमेन्ट गर्छन् ।

करिश्माले मंगलबार मात्र आफ्नो इस्टाग्राममा पोष्ट गरेको राजेशसँगको पुरानो तस्विरमा राजु निरौलाको अकाउन्ट होल्डरले भनेका छन् यो जोडीले सगै घरजम गर्नु पर्ने थियो तर करिश्माले धेरै अगाडी बिनोध मानन्धर सँग बिहे गर्नु भएको थियो भनेर कमेन्ट गरेका छन् । त्यस्तै चुनी दिनेशको अकाउन्ट होल्डरले याद आयो भनेर कमेन्ट गरेका छन् । हेर्नुहोस् करिश्माले पोष्ट गरेको राजेशसँगको पुरानो तस्विर

Leave A Reply

Your email address will not be published.