लकडाउन लम्बिएसँंगै काठमाडौं उपत्यकामा सवारी साधनको चाप ह्वात्तै बढ्यो

0

काठमाडौं, २२ वैशाख । कोरोना विषाणु ९कोभिड–१९० का कारण बन्दाबन्दी लम्बिएसँंगै काठमाडौँ उपत्यकामा सवारी आवागमनको चाप दिन प्रतिदिन बढ्न थालेको छ । यसले बन्दाबन्दी कार्यान्वयनमा चुनौती थपेको छ ।

महानगरीय प्रहरी, ट्राफिक प्रहरी र स्थानीय प्रशासन कार्यालयले बन्दाबन्दी खुकुलो बनाउने रणनीति अनुरूप कोरोना सङ्क्रमण नियन्त्रण सम्बन्धी स्वास्थ्य सतर्कता र सुरक्षा तयारीका सम्बन्धमा छलफल सुरु गरेको छ ।

उपत्यकामा कोरोना सङ्क्रमण भित्रिन नदिन काठमाडौँ, ललितपुर र भक्तपुरका तीनवटै जिल्ला प्रशासन कार्यालयले उपत्यका प्रवेश गर्ने नाकामा सुरक्षा निगरानी उच्च राख्नुका साथै सवारी चाप आपसी समन्वयका आधारमा व्यवस्थित गर्ने तयारी गरेको छ  । यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

Leave A Reply

Your email address will not be published.