आमिर भन्छन्– ‘पिठोमा पैसा राख्ने मानिस म होइन’
बलिउड नायक आमिर खानको बिषयमा केही दिन यता सामाजिक संजालमा एउटा खबर फैलिएको छ । भारतमा एक समाजसेवीले एक किलो पिठोको प्याकेटमा १५ हजार रुपैयाँ राखेर वितरण गरे । जुन खबरले खुबै चर्चा पाइरहेको छ । नेपाली सामाजिक संजालमा समेत उक्त काम आमिर खानले गरेका हुन् भन्दै आमिरको प्रशंसा भइरहेको छ ।
तर, नायक आमिर खानले यो बिषयमा स्पष्टिकरण दिएका छन् । उनले ट्विटरमा लेखेका छन्–‘म त्यो मानिस होइन, जसले पिठोको प्याकेटमा पैसा राखेर बाँडेको थियो । यो कि त पूर्ण रुपमा झुट खबर हो, कि रविन हुड आफूलाई सार्वजनिक गर्न चाहँदैन । धेरै धेरै माया छ ।’
नायक आमिर खानले लक डाउनपछि विभिन्न तरिकाले सेवा गरिरहेका छन् । सामाजिक कार्यको लागि सबैभन्दा अगाडि आउने नाम नै आमिर भएकाले उनको नाम जोडिएको हुन सक्छ ।
Guys, I am not the person putting money in wheat bags. Its either a fake story completely, or Robin Hood doesn't want to reveal himself!
Stay safe.
Love.
a.— Aamir Khan (@aamir_khan) May 4, 2020