न्युजिल्याण्डमा नयाँ संक्रमितको संख्या शून्य

0

२२ वैशाख, काठमाडौं । न्युजिल्याण्डमा पछिल्लो २४ घण्टामा पहिलोपटक कोरोना भाइरस (कोभिड–१९) का नयाँ संक्रमितको संख्या शून्यमा झरेको छ । वेलिंटनमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै मुलुकका स्वास्थ्य निर्देशक एशले ब्लूमफिल्डले यसलाई सकारात्मक नतिजा भएको बताएका छन् ।

न्युजिल्याण्डमा अहिलेसम्म एक हजार चार सय ८७ जना मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जसमध्ये अधिकांश मानिसहरु निको भएर घर फर्किसकेका छन् । अहिलेसम्म कोरोना भाइरसबाट २० जनाको मृत्यु भइसकेको छ । सात जना बिरामी अहिले अस्पतालमा उपचार गराइरहेका छन् ।

सोमबार कोरोना भाइरसको कारण कसैको पनि मृत्यु नभएको बताइएको छ । शुरुवातदेखि नै कोरोना भाइरस नियन्त्रणका लागि कडा कदम उठाएकोमा न्युजिल्याण्डकी प्रधानमन्त्री ज्यासिन्डा अर्डर्नको विश्वभर प्रशंसा भइरहेको छ ।

गत साता सोमबारदेखि न्युजिल्याण्डको लकडाउन केही खुला गरिएको छ । स्रोत : बीबीसी

Leave A Reply

Your email address will not be published.