किम जोन रोएको त्यो क्षण …

0

काठमाडाैँ । डिसेम्बर २८, २०११ को बिहान प्योङ्याङमा कठ्याङ्ग्रिने जाडो थियो । हिउँ परिराख्दा एउटा लामो लिङ्कन कन्टिनेन्टल कार बाटोमा बिस्तारै हिँड्दै थियो । त्यसको छानामा गोदावरी फूलको तहमाथि उत्तर कोरियाका सर्वोच्च नेता किम जङ-इलको श’वपेटिका राखिएको थियो । कालो लुगा लगाएका मानिसहरू बाटोछेउ उभिएका थिए । उनीहरू छाती पिट्दै र बुवा, बुवा भनी चिच्याउँदै अनियन्त्रित भएर रुन्थे । त्यसो गर्दा सैनिकहरूले उनीहरूलाई अँचेट्थे ।

दिवङ्गत भएका ती निरङ्कुश शासकका छोरा एवम् उत्तराधिकारी किम जङ-अन कार सँगसँगै पैदल हिँड्दै थिए । सत्ताइस वर्षीय किम भावविह्वल देखिन्थे । अन्तिम संस्कारको समारोहमा उनी पटकपटक रोएका थिए । किमको पछाडि उनका फुपाजु एवम् उत्तर कोरियामा दोस्रो शक्तिशाली व्यक्ति मानिने च्याङ सङ-थेइक थिए । अर्कोपट्टि सेनाप्रमुख रि यङ-हो र रक्षामन्त्री किम यङ-चन थिए ।

तिनै पाका व्यक्तिहरूको हातमा प्योङ्याङको शक्ति जाने अनुमान त्यति बेला । सन् १९५० को दशकमा किम जङ-अनका हजुरबुवा किम इल-सङले कम्युनिस्ट विश्वमा नौलो परम्परा स्थापित गरे- आफ्नै वंशमा उत्तर कोरियाको नेतृत्व जाने । झन्डै दुई दशकसम्म किमले आफ्ना जेठा छोरो किम जङ-इललाई उत्तराधिकारीका रूपमा प्रशिक्षित गरे । जहाँ जाँदा पनि युवराज उनीसँगै हुन्थे । सन् १९९४ मा बुवाको मृ’त्यु भएपछि किम जङ-इलले तुरुन्तै शासनसत्ता सम्हाले ।

तर सन् २०११ मा उनको आकस्मिक मृ’त्यु हुँदा उनका छोराले उत्तर कोरियाको तेस्रो सर्वोच्च नेता बन्न प्रशिक्षण लिन थालेकै थिएनन् । धेरै विशेषज्ञहरूले अब एकव्यक्ति शासन अन्त्य हुने भविष्यवाणी गरे । तर त्यसो भएन । डिसेम्बर २०१३ मा किम जङ-उनले सबभन्दा नाटकीय कदम चाले । पार्टीको बैठकबाट उनका फुपाजु च्याङ सङ-थेइकलाई निकालेर लगियो । राजद्रो’हको आ’रोप लगाएर उनलाई मृ’त्युद’ण्ड दिइयो । केही अपुष्ट विवरणहरूका अनुसार उनलाई मृ’त्युद’ण्ड दिन विमानभेदी तो’प हानिएको थियो ।

सन् २०१२ देखि २०१६ सम्म किमले उत्तर कोरियामा आफ्ना हजुरबुवाको पालादेखि कै सबभन्दा ठूलो पजनी गरे । दक्षिण कोरियाको इन्स्टिट्युट फर नेश्नल सेक्युरिटी स्ट्र्याटेजीका अनुसार १४० सैन्य अधिकृतहरूको ह’त्या भएको र अन्य २ सय जनालाई कारागारमा राखिएको वा पदमुक्त गरिएको थियो । आफ्नो बाटोमा तगारोका रूपमा देखा पर्ने सबैलाई हटाएर किमले तिनको स्थानमा आफूप्रति बफादार कनिष्ठ कार्यकर्तालाइ ल्याएका छन् । किमकी बहिनी किम यो- अनले उनीहरूको नेतृत्व गर्छिन् । गतवर्ष उनी ३० वर्षकै उमेरमा पोलिटब्युरोमा नियु’क्त भएकी छन् । प्योङ्याङको सत्ताको नेतृत्व कोसँग छ भन्ने अहिले कुनै सन्देह छैन । किम जङ उन नै त्यहाँका सर्वोच्च नेता हुन् ।

Leave A Reply

Your email address will not be published.