यी मन्त्रीलाई मास्क लगाउन नआएर बेइज्जती (भिडियो)
एजेन्सी। कोरोनाभाइरसबाट बच्नका लागि मास्क लगाउने र स्यानिटाइजरले हात धुने पाठ पश्चिमी मुलुकहरूले पढाइरहेका छन् । तर बेल्जियमका एक मन्त्रीले मास्क लगाउने नजानेर आफ्नो बेइज्जती गराएका छन् ।
कानूनमन्त्री कोएन गीन्सले मास्क लगाउन नजानेको भिडियो अहिले भाइरल भइरहेको छ । दुईचोटि कोशिश गर्दा पनि उनले मास्क लगाउन सकेनन् । तेस्रोपटक बल्लबल्ल टाउकोमा अड्याए तैपनि अडबांगो तरिकाले ।
मास्कलाई कहिले उनी चिन्डो टाउकोमा राख्छन्, कहिले आँखा छोप्न पुग्छन् । उनको यो कमजोरीमा सामाजिक सञ्जाल खुबै हाँसेको छ ।
Belgium’s minister of Justice Koen Geens does plenty of injustice to this face mask…
Hair band? Eye mask? Go figure: pic.twitter.com/mGzvSTP0fa
— Joyce Karam (@Joyce_Karam) May 1, 2020