त्रिविका सबै परीक्षा पनि रोकिए

0

काठमाडौं, ५ चैत । भोलिदेखि सुरु हुने यस बर्षको माध्यमिक शिक्षा परीक्षा एसईई अन्तिम समयमा आएर स्थगित गरिएको छ ।कोरोना भाइरस कोभिड १९ को संक्रमणले विश्वलाई आक्रान्त पारिरहेको वखत नेपालमा पनि त्यस्को असर देखिदा एसईई परीक्षालाई लिएर पनि प्रश्न उठ्दै आएको थियो । तर सरकारले पूर्वसन्ध्यामा मात्र आएर यो निर्णय गर्दा सदरमुकाम लगायत परीक्षा केन्द्रमा भेला भएका हजारौं विद्यार्थी मारमा परेका छन् ।सरकारले अर्को निर्णय नभएसम्मका लागि स्थगित गरिएको जनाए पछि परीक्षाको तयारीमा रहेका परीक्षार्थीहरुले ढिलै भए पनि अन्यौलबाट भने मुक्त भएका छन् ।

यसपटकको एसईईमा देशभरबाट ४ लाख ८२ हजार ७ सय ७ जना परीक्षामा सामेल हुँदै थिए ।यसैबीच त्रिभूवन विश्वविद्यालय अन्तर्गतका अन्य सबै संकायका परीक्षाहरु पनि स्थगित गरिएको जनाइएको छ । त्यस्तै सरकारले नागरिकलाई सकभर घरभित्रै बस्न निर्देशन दिएको छ । कोरोना भाइरसको सङ्क्रमण रोकथामको लागि सरकारले नागरिकलाई अत्यावश्यक कामबाहेक घरबाहिर हिँडडुल नगर्न निर्देशन दिएको हो । सिंहदरबारमा बसेको कोभिड १९ सङ्क्रमण, रोकथाम, नियन्त्रण उच्चस्तरीय समन्वय समितिले मानिसलाई घरभित्रै बस्न, धार्मिक तथा सांस्कृतिक कार्यक्रम स्थगित गर्न र २५ जना भन्दा धेरै जना भेला नहुन पनि निर्देशन दिएको छ

Leave A Reply

Your email address will not be published.