भोकले जनता मरेभने प्रधानमन्त्रीलाई हत्क’डी लगाउनु पर्छ : मेयर चौधरी

0

काठमाडैं। बेला बेला चर्चामा आईरहने इटहरीका मेयर द्धारिकलाल चौधरी फेरि चर्चामा आएका छन । हत्क’डी प्रधानमन्त्रीलाई लगाउनु पर्छ भनेको भिडियो अहिले सामाजिक सञ्जालमा भाईरल भएको छ । उनले चर्की चर्की हत्क’डी प्रधानमन्त्रीलाई लगाउनु पर्छ,हत्क’डी आपूर्ती मन्त्रीलाई लगानु पर्ने संविधानले त्यो व्यबस्था गरेको छ भनेका छन ।

खान नपाएर जनता समस्यामा परेको भन्दै यो पञ्चायको जनता हैन, बौदलकालको पनि जनता हैन यो संघिय गणतान्त्रिको जनता हो । लकडाउन गरे पनि जनतालाई खान दिनु पर्ने उनको भनाई थियो । खान नपाएर सर्वसाधरणहरुलाई समस्या हुन नदिन अहिले लाग्नु पर्ने उनको आसय छ ।

संघिय सरकारबाट आएको खर्चबाट गर भनेर स्थानीय सरकारलाई भने विकासको बजेट मात्र भएको गुनासो गरे । प्रदेश सरकार र संघिय सरकारले स्थानीय सरकारलाई आवश्यक सहयोग समेत नगरेको उनको गुनासो थियो । अहिले र्यापिड टेष्ट गर्ने किटहरु समेत नहुदा क्यारेन्टाईनमा राखेकाहरुलाई आवश्यक स्वास्थ्य परिक्षणको गर्न समस्या भएको बताए ।

सुनसरीमा चामल,दालको समस्या नभएको बताए । विपतको बेला सबैले सहयोग गर्नु पर्ने बताए । आवश्यक खाद्यन्न आफु जवानी बसेर लिएको उनको भनाई थियो । केहि समय अगाडी उनले इटहरीमा ६ महिना खाने खाद्यन्न भएको र इटहरीको जनता भोकले नमर्ने बताएका थिए ।

Leave A Reply

Your email address will not be published.