तौल बढदै जाँदा चिन्तामा नायिका नम्रता

0

काठमाडौँ, बैशाख २२-नेपाली फिल्म ‘अन्तराल′बाट फिल्मी यात्रा थालेकी नायिका तथा मोडल नम्रता सापकोटाले नेपाली चलचित्र, म्युजिक भिडियो लगायत तीजका थुप्रै गीतमा अभिनय गरिसकेकी छिन । मिलनसार स्वभावकि नम्रता साथीहरुमाझमा असल साथीको रुपमा चिनिन्छिन। चलचित्रको पर्दा भन्दा म्यूजिक भिडियोमा बढी व्यस्त रहने नम्रतालकडाउनका कारण घरमा नै समय बिताएकी छिन् । उनि यो समयमा तीन किलो मोटाएकी छिन् ।

यतिबेला उनलाई मोटो पनले सताइरहेको छ । किन कि उनि यो समयमा जिम धाउन र व्ययाम नगरेका कारण उनको तीन किलाो तौल बढेको हो । चलचित्रको छायांकन रोकिएपछि उनी घर भित्र नै बस्न बाध्य भएकी छिन् । हालै इन्स्टाग्राममा तस्विर शेयर गर्दै लकडाउनको समयमा तीन किलो तौल बढेको बताएकी छिन् । उनले तौल बढ्नुको कारण आफु घर भित्र नै रहेर नियमित जिम नगरेर उल्लेख गरेकी छिन् । इन्स्टाग्राममा तस्विर शेयर गर्दै लेखेकी छिन् । लकडाउनको बेला घरमा बसी बसी मेटाउन चाहिँ सकिन्छ है । र लकडाउन खुले लगत्तै उनि तीन किलो तौल घटाउने सोचमा रहेकी छिन् ।

Leave A Reply

Your email address will not be published.