लकडाउनमा दैनिक १४ सय जनालाई खाना खुवाउदै महिला समुह

0

काठमाडौं : विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण देश करिब डेढ महिना देखि लकडाउनमा छ । लकडाउनका कारण गरिब तथा विपन्न परिवारलाई छाक टार्न नै समस्या परेको छ । सोही समस्यालाई मध्यनजर गर्दै मानव अधिकारका लागि एकल महिला समूहले समस्यामा परेका बिद्यार्थी ,मजदुर ,वृद्ध ,बालबालिका लगायतका विपन्न परिवारका सदस्यहरुलाई खाना खुवाउँदै आएको छ ।

समुहले दोस्रो चरणको लकडाउन बैशाख ४ गते देखि बुढानिलकण्ठ नगरपालिका को छहारी भवन स्थित दैनिक रुपमा १ पटक ( बेलुका) १४ सय जनालाई खाना खुवाउँदै आएको समुहकी संस्थापक अध्यक्ष लिलि थापाले जानकारी

दिनुभयो। बेलुकी ४ बजे देखि ६ बजेसम्म मानिसहरुलाई समुहले खाना खुवाउँदै आएको उहाँले बताउनु भयो।

Leave A Reply

Your email address will not be published.