नेपालमा थप ७ जना संक्रमित भेटिए, कूल संख्या ८२ पुग्यो
बाँकेमा थप ७ जना कोरोनाका नयाँ संक्रमित भेटिएका छन् । स्वास्थ तथा जनसख्या मन्त्रालयले थप ७ जना नयाँ संक्रमित भेतिकेको पुष्टी गरेको हो । डाक्टर समिरकुमार अधिकारीले यो कुराको पुष्टी गरेका हुन् मन्त्रालयले बिज्ञप्ति निकाल्दै भएंको छ हालको अध्यावधिक विवरण अनुसार कोभिड – १९ का पुष्टी भएकाहरुको जम्मा संख्या ८२ पुगेको छ । आज भेरी अस्पताल नेपालगंजको प्र्योगसालामा भएको परिक्षण अनुसार नयाँ पुष्टी भएको संख्या ७ छ जो नेपालगंज – ०८ निवासी २२,३०,४०, बर्षका पुरुष छन् भने ०९, ३२, ३४, ५५ बर्षका महिला छन् हाल सम्मको प्राप्त बिवरण अनुसार उनीहरुको स्वस्थ अवस्था सामान्य रहेको छ भने उनीहरु अहिले स्वास्थकर्मीको निगरानीमा छन् ।
यो संगै बाँकेमा कुल संख्या ८३ पुगेको छ । आज देखि नेपालगञ्ज उपमहानगरपालिकालाई तीन दिनका लागि निषेधित क्षेत्र घोषणा गरिएको छ । प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काको अध्यक्षतामा बसेको सर्वदलीय सर्वपक्षीय बैठकले यही वैशाख २३ गते बिहान ११ देखि २५ गते मध्यरातसम्मका लागि पूर्ण रुपले निषेधित क्षेत्र कार्यान्वयन गर्ने निर्णय गरेको जिप्रकाले जनाएको छ । बैठकले सब्जीमण्डीलाई अर्को निर्णय नभएसम्मका लागि बन्द गर्ने निर्णयसमेत गरेको छ ।
बैठकले सुरक्षा र स्वास्थ्यकर्मी तथा स्वाब संकलन गर्ने र कन्ट्रयाक्ट ट्रेसिङका जनशक्तिबाहेक अन्यलाई आवागमनमा पूर्ण रुपमा रोक लगाउने निर्णय गरेको छ । आफ्नो क्षेत्र सुरक्षित गर्ने बहानामा कुनै पनि किसिमले बाटो छेक्ने र राजमार्ग रोक्ने कार्य कोहीकसैबाट गर्न नपाइने र त्यस प्रकारको कार्य गरेमा कानूनी कारवाहीसमेत गर्ने निर्णय भएको छ ।
सामाजिक तथा धार्मिक सद्भावमा आँच आउने र खलल पर्ने सामग्री प्रकाशन, प्रसारण र पोष्ट गर्ने व्यक्तिको पहिचान गरी तत्काल कानूनी दायरामा ल्याउने निर्णयसमेत बैठकले गरेको छ । नेपालगञ्जमा शुक्रबार र आइतबार गरी १६ जनामा कोरोना संक्रमण देखिएपछि उपमहानगरपालिकालाई निषेधित क्षेत्र घोषणा गरिएको प्रजिअ खड्काको भनाइ छ ।