कोरोनाले साउदीमा कटुवालको मृ’त्यु, भेन्टिलेटरबाटै गरेका थिए ७ दिनअघि अन्तिम भिडियो कल

0

इटहरी। कोरोना संक्रमणबाट साउदी अरबमा कार्यरत इटहरी-५ का लिलामान कटुवालको मृत्यु भएको छ। ५१ वर्षका कटुवाल एक वर्षअघि छोराको ब्रतबन्धमा नेपाल आएर फर्केका थिए।

साउदीमा रहँदा कोरोना संक्रमण भएपछि उनले परिवारलाई सो बारे जानकारी दिएका थिए। १६ दिनअघि संक्रमित भएको थाहा दिएका उनले ७ दिनअघि अन्तिम पटक भेन्टिलेटरबाट भिडियो कल गरेका थिए। त्यो भिडियोपछि परिवारसँगको सम्पर्क टुटेको परिवारले जानकारी दिएको छ। पछि निकै सोधखोज गरेपछि मात्र चार दिनअघि नै उनको मृत्यु भइसकेको जानकारी परिवारले सोमबार पाएको थियो।

मृतक कटुवालको शव नेपाल नआउने भएपछि उनको काजकिरिया मंगलबारदेखि सुरु गरिएको । कटुवालका २५ र २२ वर्षीया दुई छोरी र १४ वर्षका एक छोरा छन्। छोरी अन्जुले बुवाको अनुहार हेर्न नपाएको भन्दै दुःख प्रकट गरेकी छन्।

Leave A Reply

Your email address will not be published.