नेपालगन्जमा कर्फ्यु उल्लङ्घन गर्दै सर्वसाधारण सकडमा, सम्झाउन खोज्ने प्रहरीको गाडी नै गरे तोडफोड

0

नेपालगन्ज । नेपालगन्जमा मंगलवार आजदेखि बाँके प्रशासनले निशेधाज्ञा जारी गरेको छ । लकडाउनको पूर्णतया वेवास्ता गरिदै आएपछि नेपालगन्जमा निशेधाज्ञाा जारी गरिएको हो । मंगलवार आज देखि २५ गते सम्मका लागि प्रशासनले निषेधाज्ञा जारी गरेपछि पनि स्थानियबासीन्दाको चहलपहल भने घटेको छैन । लकडाउन उल्लंघन गर्नेहरु माथि प्रहरीले सम्झाउन खोज्दा नेपालगन्जको त्रिवेणी मोड नजिक स्थानीय र प्रहरीबीच झडप भएकोछ ।

आक्रोसित स्थानीयले वडा प्रहरी कार्यालयको बा १ झ ८२८४ नम्बरको पीकअप गाडी तो’डफो’ड गरेकाछन् । गाडीको सीसा, झ्याल लगायतमा क्षति पुगेकोछ ।लकडाउनकाबीच लागेको भीड हटाउन खोज्दा प्रहरी र स्थानीयबीच विवाद बढेपछि उत्पन्न परिस्थितीका कारण प्रहरी र स्थानीयबीच झ’डप भएको हो ।

आक्रोसित स्थानीयलाई साम्य गराँउदा उनीहरले प्रहरीमाथि ढुं’गा प्र’हार गरेका थिए । लगत्तै जिल्ला प्रहरी कार्यालय बाँकेले ठूलो मात्रामा प्रहरी परिचालन गरि भीड नियन्त्रणमा लिने काम गरेकोछ ।यतिबेला बन्दोबस्तका साथ ठूलो मात्रामा प्रहरी परिचालन गरिएकोछ । प्रहरी स्थानीय र केही प्रहरी घाईते समेत भएको बुझिएको छ ।

बाँके प्रशासनले नेपालगन्जमा निशेधाज्ञा लागु गरेकै दिन स्थानीयले निशेधाज्ञा उल्लंङघन गर्दै आन्दोलनमा उत्रिएका हुन् ।आज मंगलबार मात्रै नेपालगन्जमा थप ७ जनामा कोरोना पोजेटिभ पाइएकोछ । यो सगै नेपालगन्जमा कोरोना संक्रमित संख्या २३ पुगेकोछ ।

मंगलावार विहान जिल्लाप्रशासन कार्यालयले निषेधाज्ञा पालना गर्न आग्रह गर्दै माइकिगं गरिरहँदा सर्वसाधारणको भिड सडकमा देखिएको थियो । लामो समय देखिको लकडाउनलाई नेपालगन्जका स्थानियले पूर्ण रुपमा पालना गरेको देखिदैन । उदयपुर पछि अहिले नेपालगन्ज कोरोनाको अर्को केन्द्रका रुपमा देखिएको छ ।

Leave A Reply

Your email address will not be published.