आकाशमा अज्ञात प्रकाश देखिएपछि अमेरिकावासी त्रसित (भिडियोसहित)

0

काठमाडौं । हामीले सायदै फिल्ममा मात्र युएफओ देखेका होलाउँ । तर अहिले अमेरिकाका विभिन्न शहरमा युएफओ देखिएको बताइरहिएको छ । अमेरिकाको टेक्सासमा आकाशमा अनौठो प्रकाश देखिएको छ ।

जसका कारण मानिसहरु अत्याधिक डराएका छन् । गएको दिन अमेरिकी रक्षा विभागको मुख्यालय पेन्टागनबाट अज्ञात युएफओका तीन भिडियो जारी गरेको थियो ।

शहरमा राती अबेरसम्म तीन प्रकारका प्रकाश देखिएको बताइएको छ । उक्त प्काशहरु कहिले नजिक आउँथे त कहिले एक बाट अर्कोको दूरी टाढा बनाउँथे ।

उक्त प्रकाश देखेपछि युएफओ भएको आशंका गरिएको छ । केहि समय पहिला नेवाडाको आकाशमा पनि एलियनको विमान देखिएको थियो।उक्त कुरा त्यहाँका पूर्व सिनेट तथा डेमोक्र्याटिक पार्टीका नेता ह्यारी रीडले आफ्नो ट्वीटरमा उक्त कुरा शेयर गरेका थिए ।

Leave A Reply

Your email address will not be published.