अस्पतालमा घन्किएको गीतमा नाच्छन् बुटवलका कोरोना संक्रमित ! [भिडियोसहित]

0

काठमान्डौ , रुपन्देहीको बुटवलस्थित धागो कारखानामा बनाइएको कोरोना विशेष अस्पतालमा भर्ना भएका कोरोना संक्रमित युवाले नाचेर दिन कटाउने गरेका छन् ।जिल्लाको कोटहीमाई गाउँपालिकाका कोरोना संक्रमित युवा नाचेको भिडियो प्राप्त भएको छ ।काठमाडौंमा ती युवाको स्वाब जाँच गर्दा गत शुक्रवार रिपोर्ट पोजेटिभ देखिएपछि हस्पिटलको आइसोलेन वार्डमा भर्ना गरिएको थियो । ५० जना कोरोना संक्रमित राख्न मिल्ने क्षमताको आइसोलेसन वार्डमा ती संक्रमित युवालाई एक्लै राखिएको छ ।अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले एक्लै अस्पतालमा बस्दाबस्दै दिन कटाउन गाह्रो भएपछि संक्रमति युवा नाच्ने गरेको पुष्टि गरे ।

बुटवलको कोरोना अस्पतालमा उनीबाहेक अरु बिरामी छैनन् । कोरोना अस्पतालका पोस्ट अपरेसन इन्चार्ज माधुरी ज्ञवालीले संक्रमित बिरामीले नाचेर समय बिताउने गरेको बताइन् ।‘आइसोलेसनमा आउने बिरामीलाई स्वास्थ्य सम्बन्धी जानकारी दिने र समय कटाउन सजिलो होस् भनेर गीत लगाइदिने गरिन्छ । गीत लगाउँदा उनी नाच्ने गर्छन्,’ उनले भनिन् । संक्रमित २५ वर्षीय युवा लकडाउनको समयमा वैशाख ५ गते भारतबाट लुकीछिपी रुपन्देही प्रवेश गरेका थिए । ती युवामा कोरोनाको कुनै लक्षण देखिएको छैन ।

Leave A Reply

Your email address will not be published.