राहत वितरण गर्दै नम्रता

0

काठमाडौं – कोरोना भाइरसका कारण देशभर लकडाउन गरिएको छ । लकडाउनले गर्दा दैनिक गुजारा चलाउनेहरुको जीवनमा समस्यामा परेको छ ।

यसैबीच नायिका नम्रता श्रेष्ठले ‘हाम्रो सानो प्रयास’ अभियान शुरु गरेर सहयोगको हात अगाडि बढाएकी छिन् । उनले टिमसँग मिलेर राहत वितरण गरेकी हुन् ।

यो टिमले अहिलेसम्म ५ सय जनालाई सहयोग गरिसकेको र समस्यामा परेकालाई सहयोग गर्ने सामाजिक सञ्जालमार्फत जनाएको छ । समूहले नगद नदिने तर खाना पकाउन आवश्यक वस्तु सहयोगस्वरुप प्रदान गर्ने बताएको छ ।

साथै समूहले जो कोहीले खाना पकाउन आवश्यक पर्ने वस्तु उपलब्ध गराएर सहयोग गर्नसमेत अनुरोध गरेको छ ।

Leave A Reply

Your email address will not be published.