मास्क लगाएरै बस्यो नेकपा सचिवालय बैठक

0

काठमाडौं, प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपणपछि बुधबार पहिलो पटक नेकपा सचिवालयको बैठक बसेको छ। बुधबार ४ बजेपछि बसेको बैठकमा प्रधानमन्त्रीसहित सबै नेताहरुले मास्क लगाएका थिए ।यसअघि प्रधानमन्त्री ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल नजिकै बस्ने गरेकोमा बुधबार भने दाहाल ओलीभन्दा टाढा बसेका थिए। ओलीको स्वास्थ्य अवस्थालाई हेरेर उनलाई अन्य सदस्यभन्दा टाढा राखिएको हो। चिकित्सकहरुले ओलीको स्वास्थ्य जोखिम भन्दै भेटघाट गरे पनि निश्चित दुरी बनाउनुपर्ने सुझाव दिएका थिए।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको सचिवालय बैठकमा सहभागीले मास्क लगाएर बोलेका थिए। बुधबार मात्रै सरकारले उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल नेतृत्वमा कोरोना भाइरस संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बैठक बसेको थियो। बैठकले दुई चरणमा गरी बुधबार नै एसइई परीक्षा रोक्ने, चैत मसान्तसम्म बिद्यालय, कलेज बन्द गर्ने, सिनेमा हल जिम, डान्सबारलगायत वबन्द गर्नेलगायत पूर्व सावधानीका सवालमा विभिन्न निर्णय गरेको थियो। प्रवक्ता नारायाण्काजी श्रेष्ठले सरकारले कोरोना संक्रमणलाई मध्यनजर गरी लिएको निर्णयको पार्टी वैठकले प्रसंसा गदै सजगता अबलम्वन गर्न सर्वसधारणलाई आग्रह गर्ने निर्णय लिएको बताए।

Leave A Reply

Your email address will not be published.