उमेर ४७, फिट धीरेन अझै तन्नेरी नै

0

काठमाडौं। मेरो फिटनेसको मुख्य रहस्य नियमित जिम नै हो । ३५ वर्षयता लगातार जिम गर्दै आएको छु । अब त यस्तो बानी प-यो, कुनै दिन जिम छुट्यो भने शरीर नै भारी भएजस्तो लाग्छ । हरेक दिन ६ बजे जावलाखेलको निर्वाणा वेलनेस फिटनेस सेन्टर पुगिसकेको हुन्छु र गुरुको पूरा निगरानी/निर्देशनमै दुई घन्टा व्यायाम गर्छु । अहिले पनि गुरुको अनुमतिबाहिर गएर कहिल्यै लोड उठाउन्न र आफूखुसी गर्दिनँ ।

जिम गर्ने व्यक्तिलाई चर्को डाइट चाहिएला भन्ने धेरैलाई लाग्न सक्छ । तर, मेरो खानपान सामान्य नै छ । हेल्थ क्लबबाट फर्किएपछि ब्रेकफास्टमा अन्डाको सेतो भाग र ब्रेड खान्छु । अण्डाको पहेँलो भाग, दूध र दही कहिल्यै खान्न । बिहानको खानामा प्रायः भात खान्नँ । उमालेको चाउमिन, सुप, आलु साँधेकोजस्ता परिकार खान्छु । बजारिया फलफुल हाइजेनिक नलाग्ने भएकाले खान डर लाग्छ ।

प्याकेजिङ जुसहरू भने पिउँछु । फलफूल र अन्य डाइटको सट्टा झोलयुक्त ताजा खानामा जोड गर्छु । सुप, थुक्पा, माछा र चिकेन सुप, गेडागुडी, दाल बढी खान्छु । मासु निकै कम खान्छु तर माछा–मासुका फ्राइड आइटम खान्न । बेलुकाको खानामा भात खान्न । सागसब्जी, रोटी र उमालेका झोलयुक्त परिकार नै खान्छु । खानेकुरा एकैपटक धेरै खान्नँ, थोरै–थोरै गरेर कुचुकुचु खाइरहन्छु ।

अहिले पनि गुरुको अनुमतिबाहिर गएर कहिल्यै लोड उठाउन्नँ र आफूखुसी गर्दिनँ । शारीरिक फिटनेसका लागि उठ्ने र सुत्ने नियमले ठूलो महत्व राख्छ । हरेक दिन बिहान ५ः३० बजे उठिसकेको हुन्छु भने राति १० बजेभित्र सुतिसक्छु ।

पानी तथा पानीयुक्त पदार्थले शरीरलाई निकै फाइदा गर्ने रहेछ । पानीले शरीरको बेकार बाहिर फाल्न तथा खाएका ठोस पदार्थ पाचनक्रियामा ठूलो सघाउ पु-याउने रहेछ । दिनभरमा तीन लिटरभन्दा बढी पानी पिएकै हुन्छ । बाहिर जाँदा घरबाटै ताजा र स्वस्थ पानी बोक्ने गर्छु । बिहान उठेलगत्तै भने पानी पिउँदिन । जिमको अबधिमा बेला–बेला ब्रेक लिँदै रेस्ट गरेर पानी पिउने गर्छु । दुई घन्टे जिम अवधिमै दुई लिटरजति पानी पिउँछु । दूध तथा दूध राखेको चिया कफी कहिल्यै पिउ“दिन । दिनभरमा ब्ल्याक कफी भने चार–पाँच कप पिउँछु ।

शारीरिक फिटनेसका लागि उठ्ने र सुत्ने नियमले ठूलो महत्व राख्छ । हरेक दिन बिहान ५ः३० बजे उठिसकेको हुन्छु भने राति १० बजेभित्र सुतिसक्छु । खाना खाएलगत्तै बेडमा पल्टिन्नँ, नत्र तौल बढ्छ । बेलुका ८ बजेभित्र खाना खाइसकेपछि केहीबेर परिवारसँग बजेर टेलिभिजन हेर्ने गर्छु र १० बजेभित्र सुतिसक्छु । शारीरिक रुपमा कुनै समस्या छैन । स्वास्थ्य पूर्ण ठीक छ । नियमित चेकजाँच पनि गराउँछ । डाक्टरले एउटा सुझाव दिएका छन्, खसीको मासु खान छाडिदिनु । त्यसो त मटन निकै कम खान्छु । तर, डाक्टरले भनेजस्तो चटक्कै छाड्न भने सकिन“ । माछाबाहेक सबैथरि मासु छोड्न मन छ ।

Leave A Reply

Your email address will not be published.