वैशाख २५ गते साँझ ७ बजे दीप प्रज्वलन गर्न सरकारको आह्वान

0

काठमाडौं । सरकारले वैशाख २५ गते साँझ ७ बजे दीप प्रज्वलन गर्न आह्वान गरेको छ ।मंगलबार बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिको बैठकले कोरोना रोकथाम र उपचारमा खटिएका स्वास्थ्यकर्मीको सम्मानमा दीप प्रज्वलन गर्न आह्वान गरेको हो ।२५ गते वुद्धजयन्ती पनि परेको छ । त्यस दिन लुम्बिनीमा नेपालले अन्तर्राष्ट्रिय वौद्ध सम्मेलन पनि आयोजना गरेको थियो । तर कोरोना भाइरसको महामारीका कारण स्थगित भएको छ ।वुद्ध जयन्तीको दिन परेकाले वुद्ध जयन्ती मनाउन र कोरोनाविरुद्ध खटिएका स्वास्थ्यकर्मीको मनोबल बढाउन दीप प्रज्वलनको आह्वान गरेको एक मन्त्रीले जानकारी दिए ।

यो पनि: कोशी अस्पतालका ६ कोरोना संक्रमित निको भए, भोली बिहान ८ वजे डिस्चार्ज गरिने

कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचाररत ३१ जना मध्ये ६ कोरोना संक्रमित निको भएका छन्। प्रदेश एक सामाजिक विकास मन्त्रालयले मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै उनीहरुको दोस्रो रिपोर्ट पनि नेगेटिभ आएपछि भोलि (बुधबार) डिस्चार्ज गरिने जनाएको हो। पत्रकार सम्मेलनमा सामाजिक विकास मन्त्री जीवन घिमिरेले निको भएका ६ जनालाई भोली बिहान ८ वजे डिस्चार्ज गरिने भएको छ। डिस्चार्ज हुने तयारीमा रहेका सबै भारतीय नागरिक हुन्।

गत वैशाख ५ र ६ गते उदयपुरबाट ल्याईएका १३ जनामध्ये ६ जनाको रिपोर्ट ३ पटकसम्म नेगेटिभ आएपछि डिस्चार्ज गर्न लागिएको उनले बताए। डिस्चार्ज हुनेमा ३० वर्षीय अनुस जैदी, २९ वर्षीय मोहम्मद अजिज, २८ वर्षीय मोहम्मद जावेद, २१ वर्षीय मोहम्मद अहमद साहेव, ३४ वर्षीय मोहम्मद अजिरवान र २६ वर्षीय मोहम्वद राशिद रहेका छन्।

Leave A Reply

Your email address will not be published.