लकडाउनमा आदित्यको प्रेममा गायिका नेहा कक्कड

0

मुम्बई, बैशाख २३ -अभिनेत्री नेहा कक्कडले गायक आदित्यनारायण झालाई मिस गरिरहेको बताएकी छन् । लकडाउनको बेला उसलाई मिस गरेको यी गायिकाले बताएकी हुन् । इन्डियन आइडलको ११औं शृंखलामा गायक आदित्यनारायण र गायिका नेहा कक्कड नजिक भएका हुन् ।

त्यसपछि उनीहरू निरन्तर प्रेम सम्बन्धमा रहेका थिए । यी दुईबीच गत फेब्रुअरीमै विवाह हुने चर्चा चलेको थियो । गायक उदितनारायण झासँग आदित्य र नेहाको विवाहबारे सञ्चारकर्मीले जिज्ञासा राखेका थिए । सोक्रममा यदि आदित्य र नेहाको विचार मिल्छ र उनीहरू विवाह गर्न चाहन्छन् भने मेरो कुनै रोकतोक हुनेछैन भन्ने जवाफ दिएका थिए ।

यसरी पिता उदितनारायाण झा आफैंले पनि आदित्य र नेहाको प्रेमलाई स्विकारेका थिए । आदित्यले पनि आफूहरू निकट रहेको भन्ने जवाफ यसअघि नै दिएका थिए । यता गायिका नेहाले पनि अहिले आफूले आदित्यलाई लकडाउनमा मिस गरिरहेको बताएकी छन् ।रमजधानि दैनिकमा खबर छ ।

आदित्यसँग आफ्नो तस्बिर ट्वीट गर्दै यी गायिकाले यतिबेला आदित्यलाई सम्झेकी हुन् । भारतमा ६ सातादेखि लकडाउन जारी छ । जसका कारण उनीहरूबीच भेटघाट हुन सकेको छैन । यसरी भेटघाट नहुँदा यी गायिकाले आदित्य र आफ्नो तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गर्दै लकडाउनपछि भेट्ने चाहना राखेकी हुन् । यसअघि अभिनेता हिमांश कोहलीसँग निकट थिइन् । करिब तीन वर्ष लामो प्रेम सम्बन्ध हिमांशसँग टुटेपछि यी गायिका निकै दुःखी भएकी थिइन् । त्यसपछि इन्डियन आइडलमा भेटिएपछि आदित्य र नेहा नजिक भएका हुन् ।

Leave A Reply

Your email address will not be published.