भोलि सार्वजनिक विदा

0

काठमाडौं। सरकारले बुद्ध जयन्तिको अवसरमा बिहीबार सार्वजनिक विदा दिएको छ।

२०७६ चैत ९ को मन्त्रिपरिषद बैठकले गरेको निर्णय र चैत १७ को नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार वैशाख पूर्णिमा/चण्डी पूर्णिमा र बुद्ध जयन्तिका दिन बिहीबार सार्वजनिक विदा दिने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ।

गृह मन्त्रालयका शाखा अधिकृत सन्तोष सुवेदीले बुधबार सूचना निकालेर बिहीबार मुलुकभर सबैलाई लागू हुने गरी बिदा रहेको जानकारी गराएका छन्।

यो पनि पढ्नुहोस: प्रचण्ड ओली बीच छलफल, सहमति कार्यन्वयन गर्न ओलीको आनाकानी

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबीच छलफल भएको छ।

बुधबार सचिवालयको बैठक बस्‍नुअघि बालुवाटारमा अध्यक्षद्वयबीच छलफल भएको हो। उनीहरुबीच २५ गते बस्‍ने स्थायी समिति बैठकमा पेश गर्ने प्रस्तावबारे छलफल भएको बताइएको छ।

पहिलाको सहमति अनुसार ओली र प्रचण्डबीच कुरा नमिलेपछि के गर्ने भन्ने अन्यौल रहेको छ। अध्यक्षद्वयबीच कुरा नमिलेपछि स्थायी समित बैठकमा पेश गर्ने दस्तावेज तयार अहिलेसम्म हुन सकेको छैन । नेकपाका एक स्थायी समिति सदस्यका अनुसार प्रधानमन्त्रीसमेत ओलीले पहिलाको सहमति कार्यन्वयन गर्न आनाकानी गरेका छन्। एक व्यक्ति एक पदमा ओलीले आनाकानी गरेको ति नेताले जानकारी दिए। नेकपा सचिवालय बैठक बुधबार ३ बजे बस्दैछ।

Leave A Reply

Your email address will not be published.