कोरोना भाइरस नेपाल: थप १७ जनामा कोभिड-१९ पुष्टि, २ महिने शिशुलाइ पनि छोडेन कोरोनाले !

0

काठमाडौं । नेपालमा थप १७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार थप १७ जनामा कोरोना संक्रमण देखिएको हो । योसहित संक्रमितको संख्या ९९ जना पुगेको छ । १७ जनामध्ये १ जना दुई महिने शिशु पनि रहेका छन् । नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले यसको पुष्टि गरेका हुन्।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा पर्साका १७ जनाको रिपोर्ट पोजिटभ आएको उनले बताए । संक्रमितहरु २ महिनादेखि ६६ वर्षसम्मका भएको पनि उनले जानकारी दिए । बुधबार संक्रमण पुष्टि भएकाहरुमध्ये १० जना पुरुष र ७ जना महिला रहेको प्रवक्ता देवकोटाले जानकारी दिए ।

सङ्क्रमितमध्ये दुई महिनादेखि ६६ वर्षसम्मका व्यक्ति रहेको जानकारी डा. देवकोटाले दिए। तीमध्ये सात महिला र १० पुरुष छन्। स्वास्थ्य मन्त्रालयका प्रवक्ताले यसअघि कोभिड-१९ मुक्त भएर अस्पतालबाट बिदा पाएक तीन जनामा पुन: कोरोनाभाइरस देखिएको बताए। उनीहरू काठमान्डू, रौतहट र पर्साका हुन्। उनीहरूमा सङ्क्रमण देखिनुका कारणबारे थप अध्ययन भइरहेको डा. देवकोटाले बताए।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ९९ पुगेको छ । संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको देवकोटाले जानकारी दिए।

Leave A Reply

Your email address will not be published.