अमेरिकन चलचित्रमा अभिनय गर्दै सुन्दरी नायिका स्वस्तिमा र केकी अधिकारी

0

काठमाडौ, बैशाख २३ – चलचित्र होस्टेल रिटर्न्स बाट डेब्यु गरेकी चर्चित नायिका स्वस्तिमा खड्का एक नेपाली चलचित्रकी सफल नायिका हुन् । उनले पहिलो चलचित्र होस्टेल रिटर्न्स बाट डेब्य गरेकी थिइन् । सन् २०१५ देखि नेपाली चलचित्र क्षेत्रमा सक्रिय हुँदै आएकी स्वस्तिमाले अब भने भुटानी शरणार्थीको कथामा बन्ने अङ्ग्रेजी भाषाको चलचित्रमा अभिनय गर्ने भएकी छिन् ।उनले आफु अङ्ग्रेजी भाषामा चलचित्रमा अभिनय गर्ने बारे सामाजिक संजाल मार्फत जानकारी गराएकी हुन् ।

दर्जनौ नेपाली चलचित्रमा अभिनय गरेर चर्चा कमाएकी उनले भुटानी युवतीको भूमिकामा अभिनय गर्ने र मेकर पनि सकारात्मक देखिएको बताएकी छिन् । चलचित्र बुलबुल बाट राष्ट्रिय अवार्ड हात पारेकी नायिका स्वस्तिमा खड्कासंगै चलचित्रमा अभिनेत्री केकी अधिकारी पनि अभिनय गर्ने बताइएको छ । उनले अभिनेता निश्चल बस्नेतसंग छोटो समयको प्रेम सम्बन्धलगत्तै विवाह गरेकी थिइन् ।

Leave A Reply

Your email address will not be published.