कोरोनाभाइरस: इटलीमा एकै दिनमा ४७५ जनाको मृ’त्यु

0

बिबिसी , इटलीमा कोरोनाभाइरसले लगाउने कोभिड-१९ रो’गका कारण एकै दिनमा झन्डै ५०० जनाको मृ’त्यु भएको विवरण प्राप्त भएको छ। त्यो सङ्ख्या, चीनमा गत डिसेम्बरमा कोरोनाभाइरसको महामारी सुरु भएपछि देशव्यापी हिसाबले एकै दिनमा मृ’त्यु हुने बि’रामीको उच्चतम सङख्या हो। कोरोनाभाइरसको त्रासबीच युरोप र अन्यत्र पनि उच्च सतर्कता अपनाइएको छ। विभिन्न देशमा स्वास्थ्य स’ङ्कटकाल लगाइएका छन्। इटलीमा थप ४७५ जनाको ज्यान गएपछि कोभिड-१९ रो’गका कारण मृ’त्यु हुनेको सङ्ख्या करिब ३,००० पुगेको छ।

केही इटालेलीहरूले केही साताअघि लगाइएका आवतजावत प्रतिबन्धहरूको बे’वास्ता गरिरहेका छन्। आन्तरिक मन्त्रालयका अनुसार मङ्गलवार जरुरी कामबिना बाहिर रहेका ८,००० मानिस स’मातिएका थिए। पहिलो दिनको तुलनामा त्यो सङ्ख्या चार गुणाले बढी हो। त्यहाँ निषेधाज्ञा अटेर गर्नेलाई ज’रिवाना वा तीन महिनाको कै’द स’जायको व्यवस्था छ। छिमेकी जर्मनीमा चान्सलर एन्गेला मर्केलले आफ्नो देशले अहिले दोस्रो विश्वयु’द्धपछि कै सबैभन्दा ठूलो चु’नौतीको सा’मना गरिरहेको बताउँदै मानिसहरूलाई भाइरस रोकथामका लागि लगाइएका प्र’तिबन्धहरूको पालना गर्न आग्रह गरेकी छन्।

Leave A Reply

Your email address will not be published.