जनतालाई ५ किलो चामल, पानी जहाजलाई डेढ करोडको गाडी ? – धनराज गुरुङ

0

काठमाडौं। नेपाली काँग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले लकडाउनको वेला मजदूरलाई राहत ५ किलो चामल! तर पानी जहाज कार्यालयलाई डेढ करोडको नयाँ गाडी किन्ने ? भन्दै प्रश्न गरेका छन् । उनले सरकारसँग आक्रोस पोख्दै अब गरिव जनताको अस्थिपन्जर पनि बाँकी नराख सरकार भनेका छन् ।

यसका साथसाथै नेता गुरुङले यो लकडाउनको मौका छोपेर एउटा ग्याँसपाइप कार्यालय पनि स्थापना गरौं र डेढ करोडको अर्को गाडी पनि किनौं। भन्दै ब्यंग्य पनि गरेका छन् ।

पानीजहाज कार्यालयले गाडी खरिद गर्ने भन्दै बोलपत्र आव्हान गर्दै पत्रिकामा सूचना प्रकाशन गरेपछि उक्त कुराको सर्बत्र बिरोध हुँदै आएको छ। त्यसै क्रममा नेता गुरुङको पनि उक्त कुरा गलत भन्दै प्रतिकृया आएको हो ।

नेता गुरुङको आफ्नै शब्दमाः “लकडाउनको वेला मजदूरलाई राहत ५ किलो चामल ! तर पानी जहाज कार्यालयलाई डेढ करोडको नयाँ गाडी किन्ने? लुछ सरकार लुछ। गरीब जनताको अस्थिपन्जर पनि बाँकी नराख! @hello_sarkar यो लकडाउनको मौका छोपेर एउटा ग्याँसपाइप कार्यालय पनि स्थापना गरौं र डेढ करोडको अर्को गाडी पनि किनौं। “बयलगाडातन्त्र”

Leave A Reply

Your email address will not be published.