नेपाल प्रवेश गर्न लागेका भारतीयलाई रो’क्न ह’वाईफायर

0

कलैया ।सीमाक्षेत्रमा आउजाउ पूर्ण रुपमा नि’षेध गरिएको बेला विहिवार नेपाल प्र’वेश गर्न लागेका भारतीय नागरिकहरुलाई रो’क्न प्रहरीले ह’वाईफायर गरेको हो ।बाराको सुवर्ण गाउँपालिका– ३ कबहीगोठ पचगछिया क्षेत्रमा भारतीयहरुले प्रवेश गर्न खोजेका थिए ।उनीहरुलाई रो’क्ने प्रयासगर्दा सशस्त्र प्रहरी बिट नै भ’त्काउने प्रयास गर्न थालेपछि प्रहरीले ह’वाईफायर गरेको छ ।दुईवटा गाडीमा आएका भारतीय नागरिकहरु नेपाल प्रवेश गर्न खोजेका थिए ।उनीहरुलाई रो’क्न सशस्त्र प्रहरीले प्रयास गरेपछि अ’क्रामक भएर प्रहरी पोष्ट नै भत्काउन खोजिएको थियो ।

बिहारको हनुमाननगर गाउँबाट दुईवटा गाडीसहित नेपाल प्रवेश गर्ने प्रयास गरेका भारतीय नागरिकहरुले प्रहरीमाथि हा’तपात र ढुं’गामुढा गरे ।स्थिति अ’नियन्त्रित हुन लागेपछि प्रहरीले ह’वाईफायर गरेको थियो ।सशस्त्र प्रहरीमाथि भारतीयले आ’क्रमण गर्ने प्रयास गरेपछि स्थानीय नेपालीहरुपनि सीमामा पुगेका थिए ।नेपालीहरु सशस्त्र प्रहरीको म’द्दतमा पुगेपछि भारतीय सु’रक्षाकर्मीहरुले स’म्झाइबुझाइ भारतीय नागरिकहरुलाई घर फर्काएका थिए ।सीमावर्ती क्षेत्रका भारतीय नागरिकहरुले खेतमा जान नेपाली भू’मी प्रयोग गर्नुपर्ने बाध्यता छ ।

उनीहरुको ३० बिघा जति खेतमा नेपालको बाटो भएर जानुपर्नेछ ।तर दुवै देशमा लकडाउन भएपछि सीमामा आउजाउ गर्न पूर्ण रो’क लगाइएको छ ।खेतमा लगाइएको तरकारी टिप्नका लागि जान दिन पटक पटक आ’ग्रहगर्दा समेत न’मानेको बताउँदै भारतीय नागरिकहरुले एक्ला एक्लै जान नदिएको बताए ।ठूलो संख्यामा भारतीय नागरिक नेपाल प्र’वेश गर्न खोजेपछि स्थिति त’नावपूर्ण बनेको सुवर्ण गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष महेन्द्र प्रसाद यादवले बताए ।‘सीमावर्ती हनुमान नगर गाउँका बासिन्दा पानी परेको मौ’का छो’पेर नेपाल छिर्न खोजेका थिए,’

अध्यक्ष यादवले भने, ‘ सशस्त्र प्रहरीले रो’क्न खोजेपछि उनीहरु हा’तपात गर्न लागेका थिए ।पहिले दुई जना भारतीय नागरिक नेपाल प्र’वेश गर्न खोजेका थिए ।उनीहरुलाई सशस्त्र रो’केपछि दुई गाडी थप नागरिक आएका थिए । उनीहरुले सशस्त्र प्रहरीको पोष्ट नै भ’त्काएपछि भीड नियन्त्रणका लागि एक रा’उण्ड ह’वाई फा’यर गर्नुपरेको सशस्त्र प्रहरी उपरीक्षक दिग्विजय सुवेदीले जनाए ।तस्बिर : फाइल

Leave A Reply

Your email address will not be published.