अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको सुरक्षामा खटिएका सैनिकलाई कोरोना भएको पुष्टि

0

वासिंटन : अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उपराष्ट्रपति माइक पेन्सको कोरोना परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएको थियो ।तर राष्ट्रपति कार्यालय ह्वाइट हाउसमा कार्यरत एक सैनिकलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।ह्वाइटहाउसका प्रवक्ताले बिहीबार जनाए अनुसार ह्वाइट हाउसको सुरक्षार्थ खटिएका एक सैन्य अधिकारीमा कोरोना संक्रमण भेटिएको हो ।‘हामीले भर्खरै थाहा पायौँ कि, ह्वाइट हाउसको मेडिकल टीमले एक ह्वाइट हाउसमा कार्यरत सैनिकमा संक्रमण भएको जानकारी दियो ।

राष्ट्रपति र उपराष्ट्रपतिमा कुनै स्वास्थ्य समस्या छैन । उहाँहरको रिपोर्ट नेगेटिभ आयो,’ प्रवक्ता होगन गिड्लीले बताएका छन् । ट्रम्पको दुई पटकसम्म कोरोना परीक्षण भइसकेको छ । तर नेगेटिभ रिपोर्ट नै आएको छ । पहिलो पटक अप्रिल २ मा गरिएको थियो ।

Leave A Reply

Your email address will not be published.