अस्ट्रेलियामा बसोबास गर्दै गरेका नेपालीहरुलाई बन्जारा परिवारको अनुरोध, जिबन अमुल्य छ, संकटको घडीमा उच्च मनोबल बनाएर अघि बढ्न आग्रह

0

बिगत लामो समय देखि अस्ट्रेलियाको सिड्नीमा बसोबास गर्दै आउनु भएका समाजसेवी शिब बन्जारा अत्यन्त दयालु व्यक्तिको रुपमा समाजमा परिचित रहेको छन् । बिश्व ब्यापी स्वस्थ समस्या बाट अस्ट्रेलियामा अध्यनरत नेपाली अन्तरास्ट्रिय विद्यार्थी धेरै नै प्रभावित भएका देखिन्छ। यसै सन्दर्भमा केन्द्रित रहेर उनि लेख्छन :-

सम्पूर्ण बिद्यार्थी भाई बहिनी तथा साथीहरू जिबन अमुल्य छ, यस्ता संकटको घडीमा उच्च मनोबल बनाएर संयमता अपनाएर पहिला बाँच्ने हो यदि शारीरिक रुपमा स्वस्थ्य र तन्दुरूस्त भए भोलि कमाउने र रमाउने दिन पक्कै आउनेछ ।

अष्ट्रेलियाको अबस्था केहि सहज बन्दै गएको छ अबको केहि हप्तामानै सामान्य हुदै जाने देखिन्छ । यद्यपि तत्कालको लागि अतिनै समस्यामा हुनुहुन्छ भने कृपया 0413197165 मा सम्पर्क गर्नुहोला १ महिनाको लागि ३- ५ जना सम्मको लागि अत्याआबश्यक खाद्यन्न ब्याबस्था गर्नेछु तथा अन्य सक्दो सहयोगको लागि प्रयास रहनेछ । NRNA तथा अन्य सँस्था र ब्यक्तिगत रूपमा सहयोगको लागि आहोरात्र खटिरहनु भएका सम्पूर्णमा हार्दिक धन्यबाद ब्यक्त गर्दछु ।

Leave A Reply

Your email address will not be published.