भारतले गर्यो नेपाली भूमि लिपुलेक हुँदै मानसरोबर जाने सडकको उ’द्घाटन

0

काठमाडौँ । यतिखेर सबैको ध्यान को’रोना भाइरस म’हामारीतिर गइरहेको वेला भारतले भने नेपाली भूमि लिपुलेक हुँदै मानसरोबर जाने सडकको उ’द्घाटन गरेको छ ।नेपालको दार्चुला जिल्लामा पर्ने चीन, भारत र नेपाल जोड्ने त्रिदेशीय वि’न्दू लिपुलेकबाट भारतले ए’कलौटी ढंगले सडक खुलाएको हो । यतिखेर नेपाल र भारतमा लकडाउन जारी छ । यसैबीच लिपुलेक हुँदै चीनको तिब्बतस्थित धार्मिकस्थल मा’नसरोवर र कैलाश जाने सडक मार्गको आज (शुक्रबार) भारतीय रक्षामन्त्री राजनाथ सिंहले उ’द्घाटन गरेका छन् ।

उनले दिल्लीबाटै भिडियो क’न्फरेन्समार्फत सो मार्गको उ’द्घाटन गरेकाे बताएका छन् ।सडक उ’द्घाटनपछि रक्षामन्त्री सिंहले आफ्नो ट्विटरमा उक्त उ’द्घाटनका तस्वीर राखेका छन् । सिंहले उक्त सडक निर्माण गरेर राम्रो काम गरेको भन्दै भारतको बो’र्डर रो’ड अ’र्गनाइजेसन (बी’आरओ) लाई धन्यवादसमेत दिएका छन् ।उनले ट्वीटमा भनेका छन्, ‘आज मानसरोवर यात्राको लिं’क रोडको उ’द्घाटन गर्न पाउँदा खुशी लागेको छ । बी’आरओले धा’रचुलादेखि लिपुलेख (चीनको सीमा) सम्म कैलाश-मानसरोवर यात्रा मार्गको रूपमा चिनिने सडक सम्पन्न गर्नु एक उपलब्धी हो ।’

उनले भिडियो क’न्फेरेन्समार्फत नै चीनको उत्तराखण्डस्थित पि’थौरागढ़बाट धा’रचुला हुँदै गु’न्जीसम्मको सवारी अ’वलोकन समेत गरेको बताएका छन् । गु’न्जी क्षेत्र नेपालको दार्चुलामा पर्दछ । त्रि’देशीय सी’माविन्दू लिपुलेक हुँदै उक्त मार्ग तिब्बतको मानसरोबर सँग जोडिएको छ । उ’द्घाटनमा भारतीय सेना प्रमुख लगायत उच्चाधिकारी उपस्थित रहेका थिए ।यसअघि भारतले गत नोभेम्बरमा नयाँ राजनीतिक नक्सा जा’री गर्दै नेपाली भूमि लिम्पियाधुरासहित कालापानी क्षेत्र आफ्नो नक्सामा राखेको थियो । उक्त वि’वादको स’माधान नहुँदै फेरि एकलाैटी ढंगले वि’वादित भूमिमा सडक निर्माण गरेको हो ।

लिपुलेक सम्बन्धी वि’वाद विगतमा पनि उठेका थिए । यसअघि २०७२ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी चीन भ्रमणमा जाँदा मोदी र चीनका राष्ट्रपति सी चिनफिङबीच लिपुलेकलाई भारत–चीनबीचकाे ‘व्यापारिक ना’का’ बनाउने सहमति भएको थियो । त्यसवेला पनि नेपाललाई यसबारे सो’धिएन । पछि नेपाली पक्षले विरोध जनाए पनि त्यत्तिकै रह्यो ।नेपालका सी’माविद्हरुले लिपुलेक पूरै नेपाली भूमिमै पर्ने बताउँदै आएका छन् । यो भूमि भारतले आफ्नो नक्सामा समेटेको लिम्पियाधुराभन्दा पनि निकै वर रहेको र पूरै नेपालकै भूमि रहेको सीमाविद् बुद्धिनारायण श्रेष्ठ बताउछन् । यसबारे नेपाल सरकारले भने हाल कुनै प्र’तिक्रिया जनाएको छैन ।

Leave A Reply

Your email address will not be published.