काठमाडौंमा आज भएको कहालीलाग्दो दुर्घटनाको भिडियो हेर्नुहोस्

0

काठमाडौंको रविभवनमा शुक्रबार बिहान भएको दुर्घटनामा एक जनाको ज्यान गएको छ ।

आज बिहान रविभवनमा भएको दुर्घटनामा निजी कारले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको ज्यान गएको हो ।

बा ७२ प ८१७२ नम्बरको मोटरसाइकल र बा २१ च ४३४७ कार एक आपसमा जुध्दा मोरङ घर भएका २३ वर्षीय टीकाराज गेलालको ज्यान गएको हो ।

कलंकीबाट कालिमाटीतर्फ आइरहेको कारले कालिमाटीबाट कलंकी तर्फ जाँदै गरेको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

मृतक गेलाल मासु पसलमा काम गर्दै आएका थिए। उनी कुखुराको मासु बोकेर आएका थिए । दुर्घटनापछि सडकभर मासु छरिएको थियो ।

कार चालक सेनाको कर्णेल

नेपाली सेनाका लेफ्टिनेन्ट कर्णेल ले उक्त कार चलाएको खुलेको छ ।

कलङ्कीबाट कालीमाटीतर्फ आइरहेको नेपाली सेनाका लेफ्टिनेन्ट कर्नेल शेखर जबरा सवार बा २१ च ४३४७ नम्बरको कारमा बा ७२ प ८१७२ नम्बरको मोटरसाइकल ठोक्किन पुग्दा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी मोरङ बेलबारीका २३ वर्षीय टीकाराज गेलालको मृत्यु भएको छ ।

कालीमाटीबाट तीब्र गतिमा कलंकीतर्फ गएको मोटरसाइकल चालकले सन्तुलन गुमाउँदा विपरीत लेनमा गई कारसँग ठोक्किन पुगेको प्रहरीको भनाइ छ । ती प्रहरीले भने, ‘मोटरसाइकलको गति अत्यन्तै तीब्र रहेको देखिन्छ । रविभवनमा गल्लीबाट एउटा मोटरसाइकल निस्किएपछि त्यो मोटरसाइकललाई छलेर अगाडि बढ्दा करिब एकसय मिटर माथि पुगेर लेन क्रस गरी कलंकीतर्फबाट आएको कारलाई ठक्कर दिएको देखिन्छ । घाइते मोटरसाइकल चालकलाई उपचारका लागि कलंकीस्थित नेशनल अस्पताल पुर्याएपनि उनको उपचारको क्रममा मृत्यु भएको छ । घटनाबारे बाँकी अनुसन्धान हुँदैछ ।’

टंकेश्वर बस्ने मोटरसाइकल चालकले कुखुराको मासु विक्री वितरणको काम गर्ने गरेको र कतै मासु पुर्याउन हिँडेको हुनसक्ने प्रहरीले जनाएको छ । दुर्घटना भएको कारको चालक स्युचाटार बस्ने कर्नेल शेखर जबरा प्रहरीको नियन्त्रणमा छन् ।

हेर्नुहोस भिडियो

Leave A Reply

Your email address will not be published.