एसईई परीक्षा लिनु आवश्यक छैन, उचित नम्बर दिएर चिन्तित नबन भने पुग्छ: बाबुराम भट्टराई

0

काठमाडौं। पूर्वप्रधानमन्त्री एवम् प्रतिनिधिसभा सदस्य डा. बाबुराम भट्टराईले सएईई लिनु आवश्यक नभएको बताएका छन्। शुक्रबार बजेट अधिवेशनको पहिलो दिन प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) संक्रमणको मारमा परेका बालबालिकालाई परीक्षाले मानसिक तनाव दिएको भन्दै उनले यो परीक्षा आवश्यक नभएको प्रष्ट पारे।

‘एसईईको परीक्षा लिनु आवश्यक छैन’, भट्टराईले भने, ‘१२ कक्षासम्म माद्यमिक तह भएपछि १० कक्षाको परीक्षा लिनु आवश्यक छैन। आआफ्नो विद्यालयले उचित नम्बर दिएर बालबालिकालाई चिन्तित नबन भने पुग्छ।’ शिक्षामन्त्रीले लकडाउन खुलेको भोलिपल्ट परीक्षा हुन्छ भन्नु अझ गलत भएको भट्टराईको भनाइ छ।

Leave A Reply

Your email address will not be published.