पूर्णिका लेख्छिन्, ‘मेरो बुवाको औकात’

0

काठमाडौं । पूर्वयुवराज पारस र युवराज्ञी हिमानीकी जेठी छोरी पूर्णिका सामाजिक सञ्जालमा निकै छाइरहन्छिन् । उनी फेसवुक लगायतका सामाजिक सञ्जालमा निकै सकृय छन् । उनी अहिले अध्ययनका क्रममा थाइल्यान्डमा छिन् । उनी अहिले १९ वर्षकी भइन् । कुनै वेला नेपालमा राज गरेको राजतन्त्र अहिले अवसान भएको छ । तर पनि राजपरिवार प्रतिको सर्वसाधारणको चासोमा भने कमी छैन । उनीहरुको ब्यक्तिगत र पारिवारीक जिवनका बारेमा सर्वसाधारणले चासो राखिरहन्छन् । पूर्णीका इन्टरनेसनल बिजनेसमा स्नातक अध्ययनरत उनी सामाजिक सञ्जालमा आफ्नो तस्वीर र स्टाटसहरू अपडेट गरिरहन्छिन्।

त्यसैवाट उनीहरुको परिवार र ब्यक्तिगत जिवनका बारेमा धेरै कुरा थाहा पाउन सकिन्छ । पुर्णिकाले आफ्ना जिवनका ब्यक्तिगत कुरा पनि सामाजिक सञ्जालमा पोख्ने गरेकी छन् । उनले निकै मार्मीक कथा पनि सामाजिक सञ्जालमा फोष्ट गर्छिन । उनका भावना निकै भावनात्मक हुन्छन्।

उनी सामाजिक सञ्जालमा निकै सकृय छन् । पूर्णीकाले सामाजिक सञ्जालमा फलोअर्सहरूले उनलाई ‘शालिन’ र ‘बौद्धिक’ भनेर प्रशंसा गर्ने गर्छन् । उनले आफुसंग राखेका जिज्ञासाको जवाफ दिन्छिन् । अन्तरकृया गर्न मन पराउने पूर्णीकासंग फालोअर्सले पनि दोहोरो कुराकानी गर्छन । उनले सामाजिक सञ्जाल मार्फत आफ्नो निजि जिवनको बारेमा एउटा रहस्य खोलेकी छन् । उनले आफू प्रेममा रहेको संकेत गरेकी छिन्।

उनले एउटा वेवसाइटमा अकाउन्ट खोलेकी छन् । जसमार्फत उनले सर्वसाधारणले आफुलाई सोधेका प्रश्नको उत्तर दिन्छिन् । जसमा उनका नितान्त निजि कुरा पनि हुन्छन् । पूर्णिकाले त्यहाँ प्रश्नकर्ताहरूका ४८ वटा प्रश्नको जवाफ दिएकी छिन् । यो यस्तो वेवसाइट हो, जसमा व्यक्तिका निजी जीवनसँग सम्बन्धित वा अरू विषयमा जे पनि प्रश्न सोध्न सकिन्छ । खास गरी, टिन एजका केटीहरूमा यो वेवसाइट लोकप्रिय छ।

एक प्रश्नकर्ताले पूर्णिकालाई ‘तपाईंको ड्रिम ब्वाइ कस्तो हुनुपर्छ ?’ भनी सोधेका थिए । यसमा पूर्णिकाले जवाफ दिएकी छन्, ‘मलाई लाग्छ, मैले आफ्नो ड्रिम ब्वाइ भेटिसकेँ ।’ उनको यो जवाफवाट पूर्णीका प्रेममा रहेको अनुमान लगाउन सकिन्छ।

पुर्णिकाले सामाजिक सञ्जालमा सार्वजनिक गरेका स्टाटस निकै मार्मीक छन् । ति मध्य केही यो तलको भिडियोमा प्रस्तुत गरिएको छ । जसमा उनले आफ्नो आमा बुवा र जननीलाई निकै माया र सम्मान गर्ने गरेको पाउन सकिन्छ । उनले आफ्नो जिवनको शक्ति नै आफ्नो आमा भएको बताएकी छन् । आफ्नो आमालाई हेरेर उनलाई शक्ति मिल्ने गरेको पनि बताएकी छन्।

Leave A Reply

Your email address will not be published.